ताजा अपडेट

ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

तिलोत्तमामा नयाँ कार्यक्रमको चाङ . कार्यान्वयनमा चुनौति

Lumbini Darpan 3 २०८० पुष २२, आईतवार १२:४८

 

स्थानीय तहको पहिलो निर्वाचनबाट नयाँ नेतृत्व आएसँगै देशभरमै लोकप्रियता र चर्चा कमाएको तिलोत्तमा नगरपालिका दोस्रो कार्यकालमा पनि त्यही पदचाप पछ्याउने क्रममा छ । पहिलो कार्यकालमा नेकपा एमालेका बासुदेव घिमिरेसँग पराजित भएका नेपाली कांग्रेस रूपन्देही सभापति समेत रहेका रामकृष्ण खांण दोस्रोपटक एमालेका नेता मोहन चापागाईसंग झिनो मतान्तरले विजयी बनेका थिए । खांणले कार्यभार सम्हालेको डेढ वर्ष भन्दा बढी भइसकेको छ ।

नगर कार्यपालिकामा बहुमतमा रहेको एमालेसंगको टकरावका कारण पहिलो वर्ष त्यति धेरै नयाँ काम गर्न नसकेका मेयर खांणले दोस्रो वर्षको नीति तथा कार्यक्रम र वजेट एमालेबाट निर्वाचित उपमेयरसहितका जनप्रतिनिधिसंगको सहमतिका साथ ल्याए । जसले गर्दा नगरपालिकामा थुप्रै नयाँ कार्यक्रमहरू अघि सारिएका छन् ।

नगरपालिकाले शिक्षातर्फ स्वर्णिम आयोजना अन्तर्गत प्रत्येक वर्ष ४ वटा विद्यालयको भवन निर्माण गर्ने कार्यक्रम अघि सारेको छ । यस्तै कक्षा ५ को परीक्षा नगरस्तरीय परीक्षा गर्ने कार्यक्रम छ । यस्तै नगरभित्र महिला विद्यालय सञ्चालन गर्ने पनि पालिकाको योजना छ । कृषितर्फ तिलोत्तमाको आफ्नै कृषि पकेट कार्यक्रम सञ्चालन गर्दैछ । सामूहिक खेती गर्दा जोताईमा ५० प्रतिशत अनुदान दिएको छ ।
पशुु सेवातर्फ लम्पी स्किन रोगविरुद्ध निःशुल्क खोप लगाएको नगरपालिकाले भेटनरी एम्बुलेन्स सञ्चालन गर्ने कार्यक्रम अघि सारेको छ ।
स्वास्थ्यतर्फ बासुदेव घिमिरे नेतृत्वमा हुँदा कोभिड अस्पताल बनाइएको स्वास्थ्य संस्थालाई नगर अस्पतालको रूपमा सञ्चालन गर्ने योजना छ । यस्तै नयाँ मातृ शिशु अस्पताल निर्माण र सञ्चालन, ७ वटा स्वास्थ्य चौकीमा मेडिकल वेस्ट (फोहोर) म्यानेजमेन्ट सिस्टम स्थापना र सञ्चालन गर्ने कार्यक्रम अघि सारेको छ । उद्यमतर्फ स्थानीय उत्पादन प्रवद्र्धन गर्न मेड इन तिलोत्तमा हाउस सञ्चालन, तिलोत्तमा इकमर्स सेवा सञ्चालन कार्यक्रम छन् । रोजगारीतर्फ तिलोत्तमा जब सञ्चालन गरी बेरोजगारको तथ्यांक संकलन गरी रोजगारदातासँग समन्वय गरेर रोजगारीमा जोड्ने योजना छ । पर्यटनतर्फ तिलोत्तमा घुमौं,तिलोत्तमा चिनौं, घुम्न जाऔं तिलोत्तमा अभियान सञ्चालन, भिजिट लुम्बिनी स्टे इन तिलोत्तमा, रोहिणी तिनाउ सौन्दर्यकरण योजना रहेका छन् । सम्पदा संरक्षणतर्फ तिलोत्तमा सम्पदा संरक्षण सूचि निर्माण र तिलोत्तमा सीमसार क्षेत्र घोषणा रहेका छन् । खेलकुदतर्फ तिलोत्तमा क्रिकेट कप आयोजना, तिलोत्तमा स्पोर्ट्स अवार्ड सञ्चालन गरी खेलकुदको विकास र खेलाडीलाई प्रोत्साहन गरिने नगरप्रमुख रामकृष्ण खांणले बताएका छन् ।
यस्तै नगर प्रमुख नव प्रवर्तन, नगर उपप्रमुख समता विकास केन्द्र सञ्चालन, खानेपानी गुणस्तर परीक्षण प्रयोगशाला स्थापना, हाइवेमा चार्जिङ स्टेशन स्थापना, हाइवे देखि प्रशासनिक भवनसम्म निःशुल्क अटो रिक्सा सेवा, तिलोत्तमा नगर बस सञ्चालन कार्यक्रममा समेटिएका नगर प्रमुख खांणले बताए । ‘समृद्ध नगर र खुसी नगरबासी बनाएर हामी अगाडि बढ्ने लक्ष्यमा छौं’–नगर प्रमुख खाँणले भने– ‘नगरलाई स्मार्ट सिटी पनि बनाउने लक्ष्य छ, त्यसअनुसार आफ्नै अप्टिकल फाइबर बिच्छयाएका छौँ,हाइवेमा वाइफाइ फ्रि गरेका छौं ।’
हाइवे र चोकमा सिसिटिभी क्यामेरा जडान, कार्यालयमा कन्ट्रोलरुम स्थापना
दुई ठाउँमा एएनपीआर क्यामेरा जडान पनि नयाँ कार्यक्रम रहेका छन् । पूर्वाधारतर्फचालु आर्थिक वर्ष १७ वटै वडामा एक–एक किलोमिटरका दरले १७ किलोमिटर सडक अत्याधुनिक प्रविधिमार्फत कालोपत्रे गर्ने योजना छ । नगरपालिकाको आफ्नै सुबिधासम्पन्न सभाहल निर्माण, पूर्वाधार एम्बुलेन्स सञ्चालन, नयाँ बारुणयन्त्र खरिद र व्यवस्थापन तथा हाइवे एम्बुलेन्स सञ्चालन गर्ने योजना छन् । यस्तै २० प्रकारका घर नक्सा तयार गरी उक्त नक्सा अनुसार घर बनाए नक्सा बनाउने दस्तुर निःशुल्क गर्ने कार्यक्रम पनि छ ।

यस्तै पुराना घरधनीहरूलाई समेत २ वर्षभित्र सोक्ता(पानी सोस्ने ठाउँ) निर्माण अनिवार्य गराउने, नगरभरि ढल सञ्जाल योजना तयार गर्ने र प्रत्येक वडामा ५ जनाका दरले विपद व्यवस्थापन तालिम सञ्चालन गर्ने योजना छ । नगरको मुख्य प्रशासनिक कार्यालयमा एकद्वार नागरिक सेवा केन्द्र स्थापना, तिलोत्तमा सूचना प्रविधि सम्मेलन आयोजना, डिजिटल तिलोत्तमा कार्यक्रम सञ्चालन, तिलोत्तमा सूचना प्रविधि आविस्कार केन्द्र स्थापना, लक्षित समुदायका लागि समता विकास कार्यक्रम सञ्चालन गर्ने योजना र कार्यक्रम रहेका नगर उपप्रमुख जगेश्वरदेवी चौधरीले बताइन् ।

नगरपालिकाले थुप्रै नयाँ कार्यक्रम अघि सारेपनि छिट्टै कार्यान्वयन हुनेमा नगरबासीहरू भने विश्वस्त छैनन् । जनप्रतिनिधिहरूले लोकप्रिय हुन पूरा गर्न नसक्ने योजना र कार्यक्रम पनि गर्छु भनेर प्रचार गर्ने तर पछि पूरा नगर्ने प्रवृत्ति हावी रहेको नगरबासीहरूको गुनासो छ ।
‘घोषणापत्रमा नगरपालिकाले विगतमा लिंँदै आएको एकीकृत सम्पत्ति कर ५० प्रतिशत घटाउने, रुग्ण उद्योग व्यवसायको तिर्न बाँकी करमा ५० प्रतिशत छुट दिने, सडक निर्माण गर्दा उपभोक्ताबाट ५० प्रतिशतसम्म लागत साझेदारी गर्नुपर्ने व्यवस्था अन्त्य गरी सरकारी बजेटमा बनाउने, फोहोर शुल्क नलिने, ३० युनिट विद्युत महशुल र खानेपानीको न्यूनतम महशुल निःशुल्क गरिने घोषणापत्र ल्याएका थिए, यी कुनै पनि पूरा भएका छैनन् अहिलेका कार्यक्रम पनि पूरा होलान् भन्ने कसरी विश्वास गर्नेरु ’– तिलोत्तमा ११ का एक युवाले भने–‘एक घर एक रोजगार वा व्यवसाय, तिलोत्तमा चक्रपथ निर्माण, नागरिक लगानी आवास योजना, प्रत्येक वडामा जेष्ठ नागरिक मिलन केन्द्र बनाउने, नगरपालिकालाई भ्रष्टाचारमुक्त र बेरुजू शुन्य बनाउने भनिएको थियो केही पनि पूरा भएका छैनन् शुरु हुनुपर्ने भएका छैनन् ।’

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल नगरपालिकाले अघि सारेका नयाँ योजना र कार्यक्रमहरू नगरवासीका माग र आवश्यकतासँग मेल खाने गरी अघि सारिएकाले कार्यान्वयन हुनेमा शंका गर्न नहुने बताउँछन् । ‘तिलोत्तमालाई विगतमा जस्तै राम्रा काम गरेर झन् बढी चर्चित र स्मार्ट बनाउने गरी नगर प्रमुख,उपप्रमुख सहित सिंगो कार्यपालिका र कर्मचारी प्रशासन एकजुट भएर लागेका छौं, नगरका योजना र कार्यक्रम कार्यान्वयनमा नगरबासीको पनि साथ चाहिन्छ’–अर्यालले भने–‘सचेत नागरिकको साथ भएमा तिलोत्तमालाई अघिल्लो कार्यकालमा जस्तै देशमै नमूना नगर बनाउन सकिन्छ ।


प्रकाशित : २०८० पुष २२, आईतवार १२:४८

Lumbini Darpan 3

लेखकबाट थप

  • रुसको कामचत्कामा ७.८ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी
  • दाउन्नेमा सडक हिलाम्मे, सयौं यात्रु अलपत्र
  • लुम्बिनी प्रदेशसभाको चालु अधिवेशन अन्त्य
  • सर्वोच्च अदालतमा त्रिपालमुनी मुद्दा सुनुवाई
  • राजनीतिक दल र दलले गरेको योगदान मेट्ने दुष्प्रयास भयो- प्रकाशमान सिंह
प्रतिक्रिया

यो पनि पढौँ

ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

भर्खरै

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

  • सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

  • नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

  • बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

  • सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech