प्रकाश गौतम
तिलोत्तमा पौष २२
जनता सगं प्रत्यक्ष जोडिएको खानेपानीका बिषयमा स्थानिय सरकार गम्भिर हुनुपर्ने एक काय्रक्रमका बत्ताले बताएका छन । उनिहरुले स्थानिय जनताको स्वस्थ सगं जोडिने पिउने पानीमा स्थानिय सरकार गम्भीर हुनुपर्ने बताएका हुन ।

रुपन्देहीको तिलोत्तमा ८ मा रहेको करहिया मक्रहर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको २ दिने रणनैतिक कायोजना निमार्ण कार्यशाला गोष्ठीमा बोल्दै लेखनाथ खानेपानी संस्था पोखराका इन्जीनियर शिव प्र. अमात्यले आम नागरिकले स्वस्थ र स्वच्छ पानी पिउन पाउनु उसको अधिकार रहेको बताउनु भयो । उहाले स्वस्थ र स्वच्छ पानीको सबै जिम्मेवारी सरकारको नबन्दा सम्म समस्या भैरहने दाबि गर्नु भयो । कार्यमक्रका अवशरमा इन्जीनियर देबि प्र पाठकले अब खानेपानी संस्थाहरुले रणनैतिक कायोजना निमार्ण गरि अगाडि बढनुको बिकल्प नरहेको स्पष्ट पार्नु भयो ।

कायोजना निमार्ण कार्यशाला गोष्ठीमा बोल्दै तिलोत्तमा ८ का वडा अध्यक्ष कृष्ण प्र पौडेल ,सल्लाहकार कृष्ण प्र पौडेल , हरिलाल पान्डे, करहिया मक्रहर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष यज्ञ गैरै लगायतले खानेपानीका समस्या चुनौति र अवशरका बारेमा आफ्ना अनुभव साटासाट गनु भएको थियो । सो अबशरमा उहाहरुले अब खानेपानी संस्थाहरुले रणनैतिक कायोजना निमार्ण गरि अगाडि बढने र सरकार सगं समन्वय गरि अगाडि बढने बताउनु भएको छ ।
कार्यशाला निमार्ण उपसमितिका संयोजक शान्ता बस्याल भट्रराइले १० बर्षे योजना प्रस्तुत गर्नु भएको कार्यशालाको सन्चालन संस्थाका सचिव निलकन्ठ ज्ञवालीको सन्चालनमा सम्पन्न भएको थियो ।


















