थारु कल्याणकारीणी सभा शुद्धोधनको आयोजनामा खिचडी महोत्सव २७देखि २८ सम्म हुने

[sharethis-inline-buttons]
रुपन्देहीको शुद्धोधन गाउँपालिका अवस्थित थारु कल्याणकारीणी सभा शुद्धोधनको आयोजनामा खिचडी महोत्सव २७देखि २८ सम्म विभिन्न कार्यक्रम हुने पत्रकार सम्मेलन गरि जानकारी आयोजकले दिएको छ।“ हमहनके संस्कृति हमहनके शान, पहिचान बचैना हमहनके अभियान “को मुल नाराका २६४८ थारु समुदायको नयाँ वर्ष तथा माघी खिचडी महोत्सवको अवसरमा माघी (खिचडी) महोत्सवमा उपस्थित हुन थारु कल्याणकारीणी सभा शुद्धोधनका अध्यक्ष बद्रीप्रसाद थारुले सम्पूर्णमा आग्रह गर्नुभएको छ।
२७ गते रक्तदान,कार्यक्रम तथा विभिन्न कुर्ची रेस,हन्डीफोर,कबड्दी,घोगी दौड लगायतका खेलकुद कार्यक्रम हुने। र २८ गते मुल समारोह बृहत् सास्कृतिक कार्यक्रम कुर्ची रेस,हन्डीफोर,कबड्दी,घोगी दौड भुनेश्वरी कोटहीमाइ दर्वहवा मन्दिरको प्राङ्गणमा हुने भएको थारु कल्याणरीणी सभा केन्द्रीय सदस्य पुष्पा थारुले बताउनुभयो। रुपन्देही जिल्लामा शुद्धोधन गाउँपालिकामा रहेका थारुहरुको युवा तथा विद्यार्थीहरु र महिला पुरुषहरु मध्ये प्रत्यक्ष रुपमा ८ हजार हुनेछन भने अप्रत्यक्ष १५ हजार जनसमुदायलाई लक्षित संख्यामा रखिएको छ जसमा कुल जनसंख्याको ८ हजारको सहभागिता रहने आयोजकले अपेक्षा राखेको छ।थारु परिकाहरुमाघोघी,गगटो (केकडा),अन्वा माछा,लोकल माछा, अन्दीको भुजा,आलुको चोखा,डिकरी,भेलीभुजा,बंगुरको मासु लगायतका विभिन्न परिकारको प्रदर्शन गरिने थारु कल्याणकारीणी सभा जिल्ला सदस्य पलटन चौधरीले बताउनुभयो ।
सो २६४८ थारु समुदायको नयाँ वर्ष तथा माघी खिचडी महोत्सवमा राष्ट्रिय थारू कलाकार सरगम प्रसाद,दिपेन्द्र, मिलन ,घनश्याम,राजन चौधरी,धनमाया चौधरी र स्थानीय कलाकारको बेजोड प्रस्तुति रहने थारु कल्याणकारीणी सभा शुद्धोधनका अध्यक्ष बद्रीप्रसाद थारुले पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभयो।


प्रकाशित : २०८० पुष २७, शुक्रबार १२:२९