ताजा अपडेट

प्रस्तावित १३ राजदूतको संसदीय सुनुवाइ सुरू

प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड मौज्दात

शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि

पोखरा जोडियो अन्तर्राष्ट्रिय आकाशमा, फ्लाई दुबईको पहिलो उडान

कपिलवस्तु ठाकुरापुरको मानवीय पहल : आमा समूह र युवा क्लबले विपद् कोषमा ४५ हजार दिए

लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

गैडहवामा राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगिता शुरु

Lumbini Darpan 3 २०८० माघ ५, शुक्रबार ११:४०
[sharethis-inline-buttons]

 

४ माघ, गैडहवा।जगी लाल थापा

रुपन्देहीको गैडहवा गाउँपालिकामा पाचौं राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगिता शुरु भएको छ। खेलकुद प्रतियोगिता संचालन गर्नुको मुख्य उद्धेश्य बिधार्थीहरुका लागि शिक्षासंगसंगै खेलकुद क्षेत्रमा समेत गैडहवाको प्रदर्शनलाई उत्कृष्टता प्रदान गर्ने अभ्यासको शिलशिला भएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेलले बताउनु भएको छ।

प्रतियोगिताको शुभारम्भ गर्दै पालिकाका अध्यक्ष सुरेन्द्र पौडेलले पालिका भित्र रहेका हरेक शैक्षिक संस्थाहरुको शिक्षण सिकाईलाई प्रभावकारिता प्रदान गर्न र शिक्षाकमा गुणस्तरियता ल्याउन कितावी ज्ञानसंगसंगै खेलकुद पनि अनिवार्य रहेको बताउनु भएको छ।
शारीरिक र मानसिक रुपमा स्वस्थ र तन्दुरुस्ती भएका बिधार्थीहरुले मात्र आफुलाई अनुशासित, सभ्य र असल ब्यबहार देखाउने र तिनै बिधार्थीहरुबाट शैक्षिक कृयाकलापलाई अझ प्रभावकारी रुपमा सहजै ग्रहण गर्ने अध्यक्ष पौडेलले बताउनु भयो। बिद्यालय शिक्षालाई प्रभावकारी तथा गुणस्तरिय बनाउन नियमित रुपमा खेलकुद संचालन गर्न सकेमात्र जसरी प्रतियोगितामा जित हासिल गर्न खेलाडी खेलाडी बिच एकता, सहकार्य, समन्वय र धैर्यताको प्रयोग गरिएको हुन्छ त्यसरी नै हरेक सिकाईहरुमा बिधार्थीहरुले सहनहिलता, धैर्यता र एकाग्रता हुने अध्यक्ष पौडेलले बताउनु भएको थियो। अध्यक्ष पौडेलले खेलकुदको माध्यमबाट अभिभावकहरु समक्ष बिधार्थीहरुद्वारा पालिकाको बिकास र समृद्धिको सन्देश समेत प्रवाह गर्ने बिश्वास ब्यक्त गर्नु भएको थियो।


यसैगरी गैडहवा गाउँपालिकाका निवर्तमान अध्यक्ष बच्चुलाल केवटले खेलकुदको माध्यमबाट एक बिद्यालयको अनुभव अर्को बिद्यालयले सिक्न पाउने र एक आपसमा हुने आदान प्रदानले पालिकाको हरेक बिकास र योजनामा साझेदार गर्न सकिने बताउनु भयो। पालिकाको बिकासमा के कसरी गर्ने भन्नेबारे योजना निर्माण गर्दा समेत पालिकाका अगुवा र बौद्धिक वर्गहरुको समेत राय सुझाव लिन सकिएको खण्डमा पालिकाको हरेक योजनाहरु सफल र दीगो हुने समेत निवर्तमान अध्यक्ष केवटले जोड दिनु भएको थियो।

यस्तै पालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद पन्थीले पालिकामा संचालित बिभिन्न शैक्षिक संस्थाहरुले खेलकुद र शैक्षिक क्षेत्रमा गरेको मेहनत र लगानीको प्रतिफलका छायाँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा देखिने बताउनु भएको थियो। यो प्रतियोगिता हारजितको मात्र तुलना नभई कुन बिद्यालयले आफ्ना बिधार्थीहरुलाई के कतिको अनुशासन र ब्यबहारिक ज्ञानको समेत शिक्षण कृयाकलाप संचालन गरिरहेका छन भन्ने कुराको समेत मुल्यांकन र तुलना हुने प्रमुख प्रशासकिय अधिकृत पन्थीले बताउनु भयो।
कार्यक्रममा वडा नं. ५ का वडा अध्यक्ष विजय शर्मा र वडा नं. ९ का वडा अध्यक्ष भुवन बहादुर रानाले बिद्यालय तहबाटै खेलकुदमा राम्रो प्रशिक्षण गराउन सकिएको अवस्थामा मात्र जिल्लास्तरिय प्रतिस्पर्धाहरुमा बिधार्थीहरुले राम्रो प्रदर्शन गर्न सक्ने बताउनु भएको थियो। पालिका र बिद्यालयमा प्राप्त श्रोत साधनहरुको अधिक्तम उपयोग गरेर बिधार्थीहरुलाई हरेक खेलहरुमा दक्षता हासिल गराउनु पर्ने बताउदै खेलकुदको माध्यमबाट बिधार्थीहरुलाई अनुशासन र सभ्यता समेत सिकाउनु पर्नेमा जोड दिनु भएको थियो।

कार्यक्रममा नेपाली कांग्रेसका वसिउल्लाह मुलिमान, नेकपा एमालेका रामचन्द्र यादव, जनमत पार्टीका रामदेव यादव, लोसपाका रामकिसुन नायकले बिधार्थीहरुलाई पुर्व अभ्यास र पुर्वाधार बिना बिधार्थीहरुसंग प्रतिफल खोज्नु भनेको आकाशको तारा आँगनमा बसेर हात थाप्नु सरह भएको बताउनु भएको थियो। आजको हारले भोली जितको गोरेटो तयार गर्नु भएको भन्दै वक्ताहरुले सफलताले भोलीका दिनहहरुका लागि थप उत्साह र उर्जा दिलाउने भएकोले सफलता प्राप्त गर्ने हरेक बिधार्थीहरुले आफुलाई सदैव अव्वल बनाउन शिक्षक र अभिभावकको सल्लाह सुझावहरुलाई आत्मसात गर्नु पर्ने बताउनु भएको थियो।

पालिकाका युवा, खेलकुद तथा शिक्षा शाखाका प्रमुख माधवराज पौडेलको अध्यक्षतामा शुभारम्भ भएको प्रतियोगितामा पाचौं राष्ट्रपति रनिङ्ग प्रतियोगिता २०८० संचालन उपसमितिका संयोजक तथा जिवनज्योती माध्यमिक बिद्यालयका प्रधानाध्यापक अमरजित यादवले प्रतियोगिताको औचित्यताबारे प्रकाश पार्नु भएको थियो भने सूर्यपुरा माध्यमिक बिद्यालयका प्रधानाध्यापक रामजी आचार्यले स्वागत गर्नु भएको थियो। यस्तै जनकल्याण माध्यमिक बिद्यालयका प्रधानाध्यापक संजय कुमार यादवको संचालनमा शुभारम्भ गरिएको प्रतियोगिताको उद्घाटन शत्रमा बिधार्थीहरुद्वारा मार्चपास र विभिन्न सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए।
वडा नं. ८ को कार्यलय परिसर देनिगर खेलमैदानमा संचालन भएको प्रतियोगितामा २३० पदकका लागि निजी र संस्थागत गरी ३७ बिधालयका बिधार्थीहरुले सहभागिता जनाएको पाचौं राष्ट्रपति रनिङ्ग प्रतियोगिता २०८० संचालन उपसमितिका संयोजक अमरजित यादवले जानकारी दिनु भएको छ।


प्रकाशित : २०८० माघ ५, शुक्रबार ११:४०

Lumbini Darpan 3

लेखकबाट थप

  • रुसको कामचत्कामा ७.८ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी
  • दाउन्नेमा सडक हिलाम्मे, सयौं यात्रु अलपत्र
  • लुम्बिनी प्रदेशसभाको चालु अधिवेशन अन्त्य
  • सर्वोच्च अदालतमा त्रिपालमुनी मुद्दा सुनुवाई
  • राजनीतिक दल र दलले गरेको योगदान मेट्ने दुष्प्रयास भयो- प्रकाशमान सिंह
प्रतिक्रिया

यो पनि पढौँ

प्रस्तावित १३ राजदूतको संसदीय सुनुवाइ सुरू

प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड मौज्दात

शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि

पोखरा जोडियो अन्तर्राष्ट्रिय आकाशमा, फ्लाई दुबईको पहिलो उडान

कपिलवस्तु ठाकुरापुरको मानवीय पहल : आमा समूह र युवा क्लबले विपद् कोषमा ४५ हजार दिए

लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस

भर्खरै

  • प्रस्तावित १३ राजदूतको संसदीय सुनुवाइ सुरू

  • प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड मौज्दात

  • शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि

  • पोखरा जोडियो अन्तर्राष्ट्रिय आकाशमा, फ्लाई दुबईको पहिलो उडान

  • कपिलवस्तु ठाकुरापुरको मानवीय पहल : आमा समूह र युवा क्लबले विपद् कोषमा ४५ हजार दिए

  • लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

  • चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

  • एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

  • कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

  • अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech