नेपाली बजारमा आज सुनचाँदी दुवैको मूल्य बढेको छ । सुनमा प्रतितोला ५०० रुपैयाँ र चाँदीमा प्रतितोला ५ रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
छापावाल सुनको मूल्य आज प्रतितोला एक लाख १८ हजार रुपैयाँ कायम भएको छ । हिजो छापावाल सुन प्रतितोला एक लाख १७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार तेजाबी सुन आज प्रतितोला एक लाख १७ हजार ४५० रुपैयाँ कायम छ । हिजो तेजाबी सुन प्रतितोला एक लाख १६ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी चाँदीको मूल्य भने आजको दिनमा प्रतितोला पाँच रुपैयाँले बढ्दै एक हजार ३९५ रुपैयाँ कायम छ । हिजो चाँदी प्रतितोला एक हजार ३९० रुपैयाँमा कारोबार भएको थियो ।



















