काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहालले आज असंलग्न आन्दोलन (नाम) को १९ औँ शिखर सम्मेलनलाई सम्बोधन गर्दैछन् । उनले विश्वव्यापी साझा समृद्धिका लागि आपसी साझेदारीलाई प्रगाढ बनाउन आवश्यक पहलका विषयमा हुने शिखर सम्मेलनको पूर्ण सत्रलाई सम्बोधन गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।
प्रधानमन्त्री दाहाल नाम शिखर सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बिहीवार युगान्डा तर्फ गएका हुन्।
साइड लाइन बैठकमा उनले शिखर सम्मेलनमा सहभागी हुन आएका मित्रराष्ट्र प्रमुख, सरकार प्रमुख र अन्य उच्च पदस्थ व्यक्तित्वसँग द्विपक्षीय भेटवार्ता गर्दै नेपालमा लगानी भित्र्याउने र दोहोरो साझेदारी गर्नका लागि आवश्यक पहल गर्ने बताइएको छ।
शिखर सम्मेलनले मन्त्रीस्तरीय बैठकको प्रतिवेदनमाथि छलफल गर्दै यसबिचमा भएका प्रगतिको समीक्षा गर्दै नयाँ साझेदारीको मार्गचित्र प्रस्तुत गर्ने छ।



















