माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि आज राती १२ बजेदेखि मौन अवधि लागू हुने भएको छ।
मध्यरातदेखि मौन अवधि सुरु भएपछि उम्मेदवारले चुनाव प्रसार।प्रसार गर्न र मतदातालाई प्रभावित नपाउने निर्वाचन आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
आयोगका प्रवक्ता शालिग्राम पौडेलद्वारा जारी विज्ञप्तिमा सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोष्ट वा शेयर गर्न वा गराउन र प्रचारप्रसार गर्न नहुने उल्लेख छ।



















