हरि आचार्य, कपिलवस्तु
श्रीमान गुमाएको पिडा भुल्न नसकेकी बाणगंगा ७ धैरेनी डाडा की ६३ वर्षिया मनुका घर्ति मगरलाई जीवनको उर्तरार्धमा एक मात्र साहारा छोरा गुमाउनुको पिडा अकल्पनीय छ । त्यसैमाथी गरिवी र जाडो को सास्ती सहिनसक्ने छ । जीवनको १ मात्र साहारा एक मात्र छोरा भक्त बहादुर घर्ती परिवारको छाक टार्न र चुहिने छानो टाल्न मजदुरीमा हिडेका बखत गुल्मी रिडिको जंगलमा पहाडको भिरबाट खसेर ज्यान गुमाएपछी यतिवेला परिवारमा बज्रपात परेको हो ।

कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नंं. ७ वडा कार्यालयले आकस्मिक रुपमा वडाको विपन्न परिवारलाई विभिन्न सामग्री प्रदान गरेको छ । काजक्रियामा समेत आर्थिक अभाव खड्किएको थियो । जस्का कारण उनकी श्रीमती २४ बर्षिया लक्ष्मी घर्ती र उनकी आमा कठ्याङ्ग्रिदो जाडोमा आगो तापेर दिन बताउन बाध्य थिए । जेनतेन ठडिएको घर न घाम छेक्ने न छाहारी ओड्ने ओछ्याउने समेतको त कुरै छोडौं सुत्ने खाट समेत नहुंदा चिसो याममा भुईमै सुत्नुपर्ने बाध्यता थियो ।
यस्तो अवस्था थाहा पाएपछि वडाध्यक्ष बिष्णु गिरीको नेतृत्वमा वडा नंं. ७ का जनप्रतिनिधिहरु एक/एक वटा फलामको खाट, विछ्यौना, सिरानी, सिरक जस्ता तत्काल आवश्यक पर्ने सामग्रीहरु लिएर घर पुगेका थिए । साथै घर चुहिनबाट जोगाउनका लागि तत्काल त्रिपालको व्यवस्था गरिदिने र नागरिक आवास कार्यक्रम मार्फत घर समेत निर्माण गरिदिने वडाध्यक्ष बिष्णु गिरीले प्रतिवद्धता व्यक्त गर्नुभयो ।

२४ वर्षकै उमेरमा छोरा छोरी समेत नहुदै लक्ष्मी एकल हुन पुगीन स्थानीय समाजसेवी भिम बहादुर थापा ले भने भगवान पनि गरिवी र दुःखी भएकाहरु माथी निर्दयी बन्यो । अहिले आफ्नो संकटमा साथ पाएकोमा मनुका लाई वडाध्यक्षको भरोसाले आशा जगाएको छ ।
भिडियो




















