हरि आचार्य, कपिलवस्तु
कपिलवस्तु उद्योग वाणिज्य संघको आसन्न अधिवेशनमा अध्यक्ष पदमा उम्मेद्वार युवा व्यवसायी मोहन न्यौपाने यतिखेर उद्योगी व्यवसायीका गुनासो सुन्नमा व्यस्त हुनुहुन्छ । अधिवेशनको मिति नजिकिदै गर्दा अध्यक्ष पदका उम्मेद्वार न्यौपाने उद्योगी, व्यवसायीका समस्या, गुनासा तथा सल्लाह सुझाव सुन्नमा व्यस्त हुनुभएको हो ।
न्यौपानेले बर्तमान समयमा व्यवसायीहरु मारमा रहेको नाजुक अवस्था अत्यन्तै नजिकबाट महशुस गरेको बताउदै तत्काल निराश नहुन सुझाव दिंदै हौसला समेत प्रदान गर्नुभएको छ । सबै व्यवसायीका साझा उम्मेद्वार न्यौपानेको प्यानलमा वस्तुगत उपाध्यक्ष तर्फ काष्ठ व्यवसायी रनेन्द्र सेन र एसोसियट उपाध्यक्षमा शैक्षिक व्यक्ति बुद्धिराम पौडेलको नाम सार्वजनिक भएको छ । अन्यको भने अब छिटै नै पत्रकार सम्मेलन गरि सार्वजनिक गरिने बताईएको छ ।
विभिन्न प्यानल मार्फत उम्मेद्वारहरुको नाम सार्वजनिक हुने क्रम चलिरहँदा न्यौपानेले भने हालसम्म आँफु बाहेक थप २ जना उम्मेद्वारको नाम मात्र सार्वजनिक गर्नुलाई महत्वपुर्ण रुपमा लिन सकिन्छ । आर्थिक पारदर्शितामा अब्बल, कुरा कम, काम बढी गर्ने युवा मोहन न्यौपानेले स्थापनाकाल देखि हालसम्म संस्थाको गरिमा उचो बनाउनका निम्ति आफ्नो महत्वपुर्ण योगदान रहेकाले व्यवसायीले आफूलाई विश्वास गर्ने र संघको नेतृत्व पाएपछि सबैलाई मिलाएर लैजाने आफू संग क्षमता रहेको दावी गर्नुभएको छ ।
हाल सबै वडाहरुमा पुगेर हरेक मतदाताको मत बिष्लेशण एवं उद्योगी व्यवसायीका गुनासो सुन्नमा व्यस्त न्यौपानेले चुनाव भएमा फराकिलो अन्तरले जित्ने आधार सहित नेतृत्व दाबी गर्नुभएको हो । हचुवाको भरमा उम्मेद्वारको नाम सार्वजनिक गर्ने र पछि हट्ने गर्नुभन्दा उद्योगी व्यवसायीको विश्वास जित्ने बलियो एवं रणनैतिक आधार तयार पारि छिट्टै पत्रकार सम्मेलन मार्फत सम्पुर्ण उम्मेद्वारहरुको नाम सार्वजनिक गर्ने उहाँले बताउनु भयो ।




















