केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उद्योगपति तथा सिजी होल्डिङ्सका अध्यक्ष अरुण चौधरीलाई पक्राउ गरेको छ । बिहीबार बाँसबारी छाला जुत्ता कम्पनीको जग्गा हिनामिना प्रकरणमा अनुसन्धानका लागि भन्दै प्रहरीले चौधरीलाई काठमाडौंको लाजिम्पाटबाट पक्राउ गरेको हो ।
सरकारी जग्गा हिनामिना प्रकरणमा चौधरी पक्राउ परेको सीआईबी प्रमुख किरण बज्राचार्यले जानकारी दिइन् । उनलाई अहिले सीआईबीको हिरासतमा राखिएको छ
३७ वर्षअघि दाजु विनोदले हडपेको उक्त जग्गामा आफ्नो स्वामित्व नै नभएका अरुणलाई पक्राउ गरेपछि यसमा राजनीतिक चलखेलको आशंका गरिएको छ । सो जग्गाको सम्पूर्ण स्वामित्व ८ वर्षअघि नै विनोदले आफ्नो एकल बनाइसकेका थिए ।
अहिले सोही जग्गामा सिजी चाँदबाग रेसिडेन्सी प्रालि हुँदै आफू अध्यक्ष रहेको चौधरी ग्रुप सिजीद्वारा चाँदबाग स्कूल चलाएका छन् ।



















