अरुण चौधरी र अजितनारायणलाई ग्राण्डी अस्पताल लगियो

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

 

काठमाडौं । बाँसबारीस्थित छाला जुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका अरुण चौधरी र अजितनारायण सिंह थापालाई ग्राण्डी अस्पताल लगिएको छ।

महाराजगञ्जस्थित चिरायु अस्पतालमा बिहीबार राखिएका उनीहरुलाई शुक्रबार ग्राण्डी अस्पताल लगिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) स्रोतले बतायो । चौधरीको मुटुमा समस्या देखिएको चिकित्सकहरुले बताएका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले बिहीबार चौधरीलाई लैनचौर र अजितनारायणलाई बत्तिसपुतलीबाट पक्राउ गरेको थियो। उनीहरुमाथि छाला जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा व्यक्तिको नाममा लिएको आरोप छ।


प्रकाशित : २०८० माघ १९, शुक्रबार १४:४६