ताजा अपडेट

लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

बितेका दिन, बाँचेका अनुभूति

प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

‘आर्थिक समृद्धि, व्यवसायीक हित र सुरक्षा’ सहित न्यौपाने प्यानलको २० बुँदे प्रतिवद्धता यस्ता छन्

Lumbini Darpan 2 २०८० माघ २०, शनिबार १७:५२
[sharethis-inline-buttons]

लुदस, कपिलवस्तु
कपिलवस्तु उद्योग वाणिज्य संघ बाणगंगाको चुनावी सरगर्मी बढ्न थालेको छ । उद्योगी व्यवसायीहरुको छाता संगठनको रुपमा स्थापित संघको यहि माघ २३ गतेदेखि संघको १६ औं वार्षिक साधारणसभा तथा ८ औं अधिवेशन हुँदैछ।

कपिलवस्तु उद्योग वाणिज्य संघमा स्थापनादेखि नै सकृय युवा व्यवसायी मोहन न्यौपानेको साझा उम्मेदवारको प्यानल आज सार्वजनिक भएको हो । ९० प्रतिशत युवाहरु समेटी अध्यक्षका उम्मेदवार न्यौपानेको प्यानलमा सवैक्षेत्र, वर्ग समुदायको प्रतिनिधीत्व गराउँदै साझा र समावेशी टिम निर्माण भएको छ ।

उम्मेदवार घोषणा कार्यक्रममा न्यौपाने प्यानलको टिमले निर्वाचन जित्ने दावी गरेको छ । जित हासिल गरेपछि प्रतिवद्धता अनुसार कार्ययोजना बनाएर काम गर्ने बताएका छन् । अध्यक्षका उम्मेदवार न्यौपानेले संघको निर्वाचनमा आफूले गरेका प्रतिवद्धतालाई पुरा गर्ने बताएका छन् ।

 

यस्ता छन् २० बुँदे प्रतिवद्धताहरु

संस्थागत सुशासनलाई पहिलो प्राथमिकता दिएर आर्थिक पारदर्शीतालाई पूर्ण बनाउने प्रतिवद्धता व्यक्त गर्दछौं ।

आन्तरिक सुशासन र वाह्य रुपमा संघलाई सुदृढ बनाउँदै लुम्बिनी प्रदेशमै आफ्नो पहिचान स्थापित गर्नेछौं ।

व्यवसायी, महिला, युवा, अपांगता भएका व्यक्ति सवैको हक अधिकार स्थापित गर्दै पेशागत सुरक्षालाई सुदृढ गराउने छौं ।

वर्तमान आर्थिक संकट समाधानको रणनीति तयार गर्दै लगानीको वातावरण बनाउन पहल गर्नेछौं ।

सरकारी, निजी र सहकारी क्षेत्रबीचको साझेदारीलाई सुदृढ गराउने छौं ।

दक्ष जनशक्ति उत्पादन र रोजगारी सिर्जना गर्ने तथा व्यवसायीको मनोबल उच्च बनाउनेगरी तीनै तहका सरकारसंग आवश्यक समन्वय र सहकार्य गर्नेछौं।

वैदेशिक रोजगारीको आकर्षणमा कमी ल्याउन स्थानीय स्तरमै सामुहिक उद्यमशीलता र रोजगारीको सिर्जना गर्ने कार्यलाई प्राथमिकताका साथ उठाउने छौं।

व्यवसायिक सुरक्षाको लागि ४० लाखबाट १ करोड अक्षय कोष स्थापना संगै सदस्यहरुको विमाको प्रबन्ध गर्नेछौं ।

उद्योगी व्यवसायीका समस्याहरु पहिचान गरी भरपर्दो अभिभावकत्वको जिम्मेवारी लिदै व्यवसायीको स्वास्थ्य बिमा र पेशागत सुरक्षामा सहयोग गर्नेछौं।

वैंक तथा वित्तीय संस्थामा तरलता बढेसंगै व्याजदर घटाउने प्रावधानलाई प्राथमिकताका साथ अगाडि बढाउने छौं ।

चर्को वैंक व्याजदरले उद्योग व्यवसाय संकटमा परेकाले व्यवसायीमैत्री नीति बनाउन दवाव सिर्जना गर्नेछौं ।

मुख्यबजार क्षेत्रभित्र रहेको पार्किङको समस्यालाई नगर, वडा समिति र टोल विकास संस्थासँग समन्वय गरी समाधान खोज्न प्रयत्न गर्नेछौं ।

२०७२ को भूकम्प, नाकाबन्दी र कोभिडपछिको विश्व अर्थतन्त्रमा आएको मन्दीका कारण नेपाली अर्थतन्त्र र बजारमा देखिएको सुस्तताका कारण नगरले लिँदै आएको एकीकृत सम्पत्ति कर र बहाल करको मूल्याङ्कन र दरको मापदण्ड बनाई पुनर्मूल्याङ्कन गराएर समय सापेक्ष बनाउन प्रयत्न गर्नेछौं ।

स्थानीय सरकार र उद्योग वाणिज्य संघ सञ्चालकका रूपमा सहभागी हुने विभिन्न सघसंस्था र शिक्षण संस्थाहरूमा विश्वासिलो सहकार्य गर्ने वातावरण बनाउनेछौं।

संघीय सरकार मातहत रहने आन्तरिक राजस्व कार्यालय, राजस्व अनुसन्धान र भन्सार कार्यलयसँग समन्वय गरी व्यवसायमैत्री वातावरण निर्माण गर्न प्रयत्न गर्नेछौं ।

कर, राजश्व र भन्सारका अधिकृतहरूसँग संघका पदाधिकारी, सदस्य तथा अन्य व्यवसायीको नियमित रुपमा भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गरी सरकारले अवलम्बन गर्ने नयाँ नयाँ नीतिको नियमित रूपमा जानकारी गराउनेछौं ।

अर्थ मन्त्रालयले अवलम्बन गर्ने कर, राजस्व नीति र नेपाल बैंकले हरेक वर्ष जारी गर्ने मौद्रिक नीति साना तथा मझौला व्यवसायमैत्री भए नभएको अध्ययन गरी सुधारको लागि नेपाल उद्योग वाणिज्य महासंघमार्फत प्रयत्न गर्नेछौं ।
बस्तुगत र एशोसियट सदस्यलाई नेपाल उद्योग वाणिज्य महासंघको नीतिगत व्यवस्था वमोजिम केन्द्रमा आवद्धता गराउनेछौं ।

पछिल्लो तिन वर्ष यताको विमाको दर रेटमा २०० प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । यसलाई विमा प्राधिकरण र अर्थमन्त्रालय बीच समन्वय गरी समय सापेक्ष गर्न विशेष पहल गर्नेछौं ।

विद्युतको थ्री फेश लाईनको जडानमा हुने झन्झटिलो प्रक्रिया र विद्युत लाईनको समस्यालाई व्यवसायीको पक्षमा हुने गरी सहजीकरण गर्न प्रयत्न गर्नेछौं ।

दर्ता नगरी संचालन भएका झोले पोके व्यापारीलाई निगरानीमा राखिनेछ ।

‘आर्थिक समृद्धि, व्यवसायिक हित र सुरक्षा’ को मुलमन्त्रलाई आत्मसाथ गर्दै संघको अभियानमा समर्पित हुनेछौ ।


प्रकाशित : २०८० माघ २०, शनिबार १७:५२

Lumbini Darpan 2

लेखकबाट थप

  • चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान
  • पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत
  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने
  • शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु
  • प्राविधिक शिक्षाकाे हव कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा अभिमुखीकरण
प्रतिक्रिया

यो पनि पढौँ

बाणगंगा ९ जिनुवामा पोखरीमा डुबेर एक बालकको मृत्यु

लुम्बिनीको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वीकृत

आज संसदको पहिलो बैठकमा कुन नेताले के बोले, संक्षिप्तमा

आजदेखि सिनेमा हलमा ‘हामी तीन भाइ’

दुई समुदायको झडप रोक्न कपिलवस्तुमा निषेधाज्ञा

कोलीय देवदह बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा ३ दिने उद्घोषण तालिम आज देखि सुरु

बाबुल र दर्शन मालिकाका मालिक को हुन ? तौफिकको संलग्नता नभएको पुष्टि

गौर तनाव : सेना परिचालनपछि पनि राेकिएन आगजनी, भित्री भाग अझै अशान्त

गौर नगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू जारी

राजमो विजयनगर गाउँपालिका भेला सम्पन्न,गोविन्द परियारको संयोजकत्वमा ५१ सदस्यीय प्रचार–प्रसार समिति गठन

बङ्गलादेशकी पूर्व प्रधानमन्त्री हसिनालाई भ्रष्टाचारको अभियोगमा १० वर्षको जेल सजाय हुने फैसला

संघियता खारेजी र राष्ट्रियताको रक्षाको नितिले राष्ट्रिय जनमोर्चाका उम्मेदवार उत्साहित चुनावी सभा सम्पन्न

भर्खरै

  • लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

  • चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

  • एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

  • कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

  • अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

  • प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

  • बितेका दिन, बाँचेका अनुभूति

  • प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

  • उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस

  • पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech