ताजा अपडेट

कपिलवस्तुमा स्तनपान सप्ताह भव्य रूपमा सम्पन्न

विजयनगरमा १ करोडको विद्यालय भवन शिलान्यास

बाणगंगा नगरपालिकाको पहिलो कार्यपालिका बैठक सम्पन्न : नगर दररेट स्वीकृत, उद्योग शाखा स्थापना गर्ने निर्णय

लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

नेपाल शिक्षक महासंघद्वारा आन्दोलनको घोषणा

‘निम्सदाइ’ को निधनमा अन्नपूर्ण गाउँपालिकाले दियो शोक बिदा

सुनसरीका चार स्थानीय तहमा मात्र निषेधाज्ञा, अन्य क्षेत्रमा हटाइयो

हार मानेनन् ऋषिराम: संघर्षले लेखेको जीवन

निवासमै पुगेर राष्ट्रपतिले दिए कांग्रेस नेता श्रेष्ठलाई श्रद्धाञ्जली

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

प्रहरीको असुली धन्दाले भन्सार राजश्वमा असर

Lumbini Darpan 2 २०८० माघ २०, शनिबार १८:२२
[sharethis-inline-buttons]

लुदस, कपिलवस्तु
कपिलवस्तुमा रहेका दुई भन्सार कार्यालयले चालु आर्थिक वर्षको मध्येसम्ममा राजश्व संकलनको लक्ष्य पूरा गर्न असफल भएका छन् । जिल्लाको कृष्णनगरमा रहेको भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८०/८१ मा लक्ष्यको आधा पनी राजश्व संकलन गर्न सकेका छैनन् । आर्थिक मन्दीका कारण कपिलवस्तुको सुठौली नाकामा रहेको सुठौली भन्सार कार्यालय र कृष्णनगर दुवै भन्सार कार्यालयले भन्सार विभागले दिएको लक्ष्यको कमै राजश्व संकलन भएको भन्सार कार्यालयका कर्मचारी बताउँछन् । तर पछिल्लो समय कृष्णनगर नाकाबाट नेपाल भित्रने मालवाहक सवारीमा कमी आएको बताईएको छ । भन्सारका एक अधिकृतले नाम नबताउने शर्तमा भने यहाँबाट निकासी हुदाँ अन्य खर्च बढी आउने भएको हुदाँ कृष्णनगर नाका भएर आउने मालवाहक ट्रकहरु अन्य नाकामा पुगेको बताए ।

उनले भन्सार बाट निस्किएपछी मुखमै नगरपालिकाले राजश्व उठाउने ससस्त्रको २ ठाउँ जनपथ २ र ट्राफिक ४ ठाउँगरि ८ बढी ठाउँमा प्रहरीले अवैध रकम लिने हुदाँ राजश्व प्रभावित भएको बताए । सोही दिन लुम्बिनी दर्पणकर्मी कृष्णनगरबाट गोरुसिंगे फर्कदै गर्दा ट्राफिक चेकिङ्ख मात्रै ५ ठाउँमा रहेको थियो । ति अधिकृत ले भने जस्तै ट्राफिक प्रहरीको ध्यान भारतिय गाडीमा केन्द्रित थियो । भारतिय गाडीबाट प्रहरीले ५० देखि ५ सय सम्म लिने गरेको बताईएको छ । ट्राफिक प्रहरीले कृष्णनगर चन्द्रौटा सड्क खण्डमा रहेका चेक पोष्ट भन्दा बाहिर अर्थात कृष्णनगर यता सुरही नदि , जवाभारी सुगर मिल चन्द्रौटा विद्युत नजिक गरि ३ ठाउँ र २ चेक पाईन्ट त्यसैगरि गोरुसिंगे नजिक चेक पोईन्ट र हरेक चेक पोइन्टमा रकम असुल्ने गरेको पाईएको हो । यसवर्ष जिल्लाका दुवै भन्सार कार्यालयको राजश्व असुली दर समेत घट्दै गएको छ । भने भन्सार लक्ष्य समेत गतवर्ष भन्दा कम छ । यस विषयमा राजश्व परामर्स समितिको बैठकमा समेत प्रमुख जिल्ला अधिकारी समक्ष कुरो उठाएको बताए ।

अघिल्लो आर्थिक वर्ष २०७८/०७९ मा लक्ष्य भन्दा बढि राजश्व असुल गरेका कार्यालयले त्यसपछि भने लक्ष्य भन्दा कम राजश्व असुली भएको तथ्याङ्खमा उल्लेख छ । सुठौली भन्सार कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७८/७९ को चैत्र मसान्त सम्म ७१.१३ प्रतिशत राजश्व असुली गरेको भन्सारले चालु आर्थिक वर्ष २०८०/०८१ मा लक्ष्यको आधापनी राजश्व संकलन भएको छैन् । चालु आर्थिक वर्षको साउन महिनामा १२ करोड ८८ लाख ९६ हजार राजश्व संकलनको लक्ष्य लिएकोमा ३ करोड ३० लाख २१ हजार राजश्व संकलन भएको हो जुन लक्ष्यको २५.६२ प्रतिशत मात्र हो । त्यसैगरि भाद्र महिनामा १५ करोड २५ लाख ६९ हजार लक्ष्यमध्ये ३ करोड ६६ लाख ७९ हजार अर्थात २४.०४ प्रतिशत असोजमा २२.३१ प्रतिशत कार्तिकमा १६.५८ प्रतिशत मंशिर महिनामा २३.७१ प्रतिशत र पौष महिनामा २८.१३ प्रतिशत राजश्व असुली भएको सुठौली भन्सार कार्यालयका प्रमुख नारायण प्रसाद गैरेले बताए ।

सुठौली भन्सार कार्यालयका अधिकृत गैरेले आयात घटेको कारणले गर्दा राजश्व असुलीमा संकुचन आएको बताए । उनले गाडी, मोटरसाइकल जस्ता विलासितामा सामानहरु र महंगा सामानहरु यस नाकाबाट आयातमा रोक लगाइएकोले अनिवार्य सामानहरु मात्रै आयात भइरहेको बताए । बैंकहरुले व्यापारीलाई ऋण लगानी नगरेको कारणले पनि सामान आयात घटेको खड्काले बताए । उनले बढेको महंगी, डलरको भाउ बृद्धि, उपभोक्ताको क्रय शक्तिमा क्षयिकरण, बैंकहरुको ऋण लगानी कटौती, तरलता अभाव लगायतको कारणले आयात घट्न गई भन्सार राजश्व असुली पनि संकुचित हुँदै गएको बताए । उनले फलफुल, कोईला, खरानी, खाद्यान्न, तरकारी र केही अन्य सामानहरु मात्रै आयात भइरहेको बताए ।

सबैभन्दा बढि फिनिसिङ्ग सेरामिक्स, बेकरी सामानहरु, आलु, खुर्सानी, पापड, कागज, ब्लांकेट र गलैचा सुठौली भन्सार भएर भारतबाट भित्रिने गरेको छ । यता जिल्लाकै पुरानो र ठुलो कृष्णनगर भन्सार कार्यालय मा पनी चालु आर्थिक बर्षको कुनै पनि महिनामा लक्ष्य अनुसार राजस्व संकलन भएको छैन् । चालु आर्थिक वर्षको पौष महिना सम्म ६ अर्व १९ करोड ४४ लाख लक्ष्य रहेपनि ३३.३५ प्रतिशत अर्थात २ अर्ब ९ करोड ६७ लाख मात्र राजस्व संकलन भएको तथ्याङ्कमा उल्लेख छ ।
।

आयात, मुल्य अभिबृद्धि कर, अन्तशुल्क कृषि सुधार शुल्क अन्य शीर्षकमा राजस्व संकलन भएको हो । आर्थिक मन्दीले बजार चलायमान नहुदाँ मालवस्तूको आयातमा कमी आएको कृष्णनगर भन्सार कार्यालय का प्रमुख मान बहादुर पौडेलले बताए । यता भन्सार सीमा नजिकका जनप्रतिनिधिहरुले पछिल्लो समय चामल , चिनी, दाल , प्याज मोटरपार्टसहरु तस्करी व्यापक भएको बताएका छन् ।

केही दिन अगाडी मात्र शुद्धोधन गाउँपालिका वडा नं ५ मा रहेको शिवलवा सीमा नाकाबाट चामल तस्करी गरि मिलमा पु¥याईएको थियो । सो मिलमा केही दिन यता सीमापारी ट्रकमा चामल ल्याएर ट्याक्टर मार्फत खुलेयाम सीमा कटाई मिलमा ल्याएर वैद्य बनाएको श्रोतको दावी छ ।

यता महाराजगंन्ज नगरपालिका को सीमावर्ती क्षेत्र हर्दौना बाट कुखुरा र प्याज तस्करी भैरहेको स्थानीय जनप्रतिनिधिहरुले बताए । गत आईतवार प्रहरीकै चेकिङ्ग छल्दै ३ वटा भारतिय मोटरसाईकलमा २/२ बोरा चिनी र रासायनिक मल बहादुरगंन्ज प्रहरी चौकी पछाडीको बाटो हुदै जवाभारी नजिकैको घरमा गोदाम गरि राखेको पाईएको थियो । स्थानीय कृष्ण गुप्ताले दैनिक जसो तस्करले रासायनिक मल तस्करी गरि गोदाम गरि राख्ने र साँझ प्लाई उद्योगमा विक्रि गर्ने गरेको बताए । यसमा प्रहरीलाई उनिहरुले हप्ताह व्यापी रकम दिएका कारण प्रहरीकै सेटिङ्खमा तस्करी हुने बताए ।

यता भारतिय गाडीहरुबाट अनावश्यक चेकिङ्क राखेर रकम उठाएको विषयमा कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विश्व प्रकास अर्यालले पनी ध्यान गएको बताए । ४ दिन अघिमात्र सुरक्षा समितिको बैठकमा सहायक प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेको नेतृत्वमा प्रहरी प्रमुखहरु रहने गरि समिति बनाईएको र १० दिन भित्र प्रतिवेदन पेश गर्न भनिएको बताईएको छ ।

राजश्व परामर्श समितिको बैठकबाट भन्सार क्षेत्रमा कडाईका साथ निगरानी बढाउने निर्णय भएको बताए । यता चामल तस्करी नियन्त्रणमा भने राजनैतिक दल स्थानिय प्रहरी कसैको साथ नपाएको भन्सारका कर्मचारीहरु बताउछन् ।

 


प्रकाशित : २०८० माघ २०, शनिबार १८:२२

Lumbini Darpan 2

लेखकबाट थप

  • प्राविधिक शिक्षाकाे हव कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा अभिमुखीकरण
  • मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण
  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न
  • कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश
  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध
प्रतिक्रिया

यो पनि पढौँ

बाणगंगा नगरपालिकाको पहिलो कार्यपालिका बैठक सम्पन्न : नगर दररेट स्वीकृत, उद्योग शाखा स्थापना गर्ने निर्णय

लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

नेपाल शिक्षक महासंघद्वारा आन्दोलनको घोषणा

सुनसरीका चार स्थानीय तहमा मात्र निषेधाज्ञा, अन्य क्षेत्रमा हटाइयो

निवासमै पुगेर राष्ट्रपतिले दिए कांग्रेस नेता श्रेष्ठलाई श्रद्धाञ्जली

आज १५ साउन, खिर खाएर मनाइँदै

सिंहदरबारमा सुरक्षा परिषद् बैठक

व्यापारीको गोदाममा फेरि अनुदानको मल, प्रहरीले छाडेपछि स्थानीयमा आशंका ?

नागढुङ्गा सुरुङमार्गको उदघाटन, शुरुमा अत्यावश्यक गाडीलाई मात्रै अनुमति

सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

भर्खरै

  • कपिलवस्तुमा स्तनपान सप्ताह भव्य रूपमा सम्पन्न

  • विजयनगरमा १ करोडको विद्यालय भवन शिलान्यास

  • बाणगंगा नगरपालिकाको पहिलो कार्यपालिका बैठक सम्पन्न : नगर दररेट स्वीकृत, उद्योग शाखा स्थापना गर्ने निर्णय

  • लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

  • नेपाल शिक्षक महासंघद्वारा आन्दोलनको घोषणा

  • ‘निम्सदाइ’ को निधनमा अन्नपूर्ण गाउँपालिकाले दियो शोक बिदा

  • सुनसरीका चार स्थानीय तहमा मात्र निषेधाज्ञा, अन्य क्षेत्रमा हटाइयो

  • हार मानेनन् ऋषिराम: संघर्षले लेखेको जीवन

  • निवासमै पुगेर राष्ट्रपतिले दिए कांग्रेस नेता श्रेष्ठलाई श्रद्धाञ्जली

  • आज १५ साउन, खिर खाएर मनाइँदै


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech