ताजा अपडेट

लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

बितेका दिन, बाँचेका अनुभूति

प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

कपिलवस्तुमा स्तनपान सप्ताह भव्य रूपमा सम्पन्न

Lumbini Darpan 1 २०८३ श्रावण २२, शुक्रबार २१:३०
[sharethis-inline-buttons]

सरिता थारु । कपिलवस्तु जिल्लाका १० वटै स्थानीय तहमा विविध सचेतनामूलक कार्यक्रम आयोजना गरी विश्व स्तनपान सप्ताह मनाइएको छ। अगस्ट १ देखि ७ सम्म विभिन्न स्वास्थ्य संस्था तथा समुदायमा कार्यक्रम सञ्चालन गर्दै गर्भवती महिला, सुत्केरी आमा तथा सुनौला हजार दिनका बालबालिकाका अभिभावकलाई स्तनपानको महत्व, सही तरिका, सम्भावित समस्या र समाधानका उपायबारे जानकारी दिइएको हो।

‘दिगो जीवनको स्वस्थ सुरुवातः प्रभावकारी स्तनपानका लागि सबैको साथ’ भन्ने मूल नारासहित कालिका स्वावलम्बन सामाजिक केन्द्र, हेलेन केलर इन्टरनेशनल, भिटामिन एन्जल्स र आई.डि.ई.को संयुक्त साझेदारीमा सञ्चालित ‘पोषणमार्फत जीवन रूपान्तरण परियोजना’ अन्तर्गत सप्ताहव्यापी कार्यक्रम सञ्चालन गरिएको थियो। परियोजनाअन्तर्गत जिल्लाका सबै स्थानीय तहमा समुदायस्तरमा स्तनपानसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न कार्यक्रम सम्पन्न भएका हुन्।

बाणगंगा नगरपालिकाअन्तर्गत पिपरा अस्पताल, कोपवा स्वास्थ्य चौकी, हथौसा स्वास्थ्य चौकी, बैजलपुरलगायतका स्वास्थ्य संस्थामा आयोजित कार्यक्रममा आमाको दूध शिशुको स्वास्थ्य, वृद्धि र समग्र विकासका लागि सबैभन्दा प्रभावकारी पोषण भएको भन्दै नियमित तथा प्रभावकारी स्तनपानको आवश्यकताबारे स्वास्थ्यकर्मीहरूले सहजीकरण गरेका थिए।

कार्यक्रममा कोपवा स्वास्थ्य चौकीका इन्चार्ज जीवन खनाल, पिपरा अस्पतालकी वरिष्ठ अ.न.मी. कल्पना खनाल, सरस्वती पन्थी, हथौसा स्वास्थ्य चौकीकी अ.न.मी. लक्ष्मी पाण्डे तथा पिपरा अस्पतालकी पद्मिना पौडेल लगायतका स्वास्थ्यकर्मीहरूले स्तनपानसम्बन्धी व्यवहारिक जानकारी प्रदान गरेका थिए।

स्वास्थ्यकर्मीहरूले शिशु जन्मिएको एक घण्टाभित्र आमाको दूध खुवाउने, पहिलो छ महिनासम्म आमाको दूध मात्र खुवाउने तथा त्यसपछि पूरक आहारसँगै दुई वर्ष वा सोभन्दा बढी समयसम्म स्तनपानलाई निरन्तरता दिनुपर्ने विषयमा विशेष जोड दिएका थिए। साथै, सही आसन र सही सम्पर्क (लाचिङ) अपनाउँदा शिशुले पर्याप्त दूध पाउने र आमामा हुने स्तन दुख्ने तथा निप्पल चिरिने समस्या कम हुने जानकारी पनि दिइएको थियो।

कार्यक्रममा स्तनपानका क्रममा दूध कम आएको महसुस हुनु, स्तन कडा वा दुख्ने, निप्पल चिरिने तथा शिशुले राम्रोसँग दूध नचुस्ने जस्ता समस्या देखिन सक्ने उल्लेख गर्दै यस्ता अवस्थामा स्तनपान नरोकी सही तरिका अपनाउने, शिशुलाई पटक–पटक स्तनपान गराउने तथा आवश्यक परे नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न स्वास्थ्यकर्मीहरूले सुझाव दिएका थिए।
सहभागीहरूले यस्ता जनचेतनामूलक कार्यक्रमले आमाहरूमा स्तनपानसम्बन्धी ज्ञान र आत्मविश्वास बढाउने विश्वास व्यक्त गरेका थिए।


प्रकाशित : २०८३ श्रावण २२, शुक्रबार २१:३०

Lumbini Darpan 1

लेखकबाट थप

  • लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे
  • एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस
  • कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी
  • अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै
  • प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक
प्रतिक्रिया

यो पनि पढौँ

बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग

भोटेकोसीको घाउमा बाणगङ्गाको मल्हम, स्थानीयले जुटाएको राहत नुवाकोटमा वितरण

बुद्धभूमिका ७३० घरपरिवारले पाए गाउँब्लक जग्गाको लालपूर्जा

“अमेरिका होइन, आफ्नै माटो रोजे” : डेढ लाखबाट सुरु भएको माधव भुसालको करोडौँको ईभी यात्रा

संस्थालाई थप व्यवस्थित र विस्तार गर्दै महाधिवेशन भव्य बनाऔँ’ : अध्यक्ष खनाल

‘मन भक्कानिए पनि बिलौना गर्ने अवस्था छैन’ : प्रधानमन्त्री शाह

बाणगङ्गाले बाढीपीडितका लागि ४५ लाख सहयोग गर्ने

विदेशमा १४ वर्ष पसिना, घर फर्किएपछि आफ्नै माटोमा ‘दियालो’ बाल्दै कमल

भोटेकोशी बाढीको पीडा गीतमा : दिनेश रञ्जनको ‘रसुवाको घटना’ सार्वजनिक

थकाली खानाको स्वाद अब जितपुरमै, खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भर्खरै

  • लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

  • चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

  • एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

  • कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

  • अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

  • प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

  • बितेका दिन, बाँचेका अनुभूति

  • प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

  • उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस

  • पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech