
बुटवल उपमहानगरपालिका १२ स्थित मुक्तिनाथधाम मन्दिरमा श्रीमत भागवत कथा प्रवचन सुरु भएको छ । श्रीमत भागवत कथा प्रवचन २०६२ सालदेखि निरन्तर रुपमा माघ २२ गतेदेखि नै गर्दै आइरहेको मुक्तिनाथ धामका अध्यक्ष धर्मप्रसाद शर्माले बताएका छन् ।
मुक्तिनाध धामका अध्यक्ष शर्माका अनुसार वचनानृत प्रवचन लोकानन्द स्वामी र भागवत प्रवचन भागवत भास्कर पण्डित कमल नयन गौतमले प्रवचन दिने कार्यक्रम रहेको छ । प्रचवनको उद्धेश्य आर्थिक नभई हिन्दु संस्कृतिको जोर्गन गर्न, देशमा शान्तिको कामना र सम्पूर्ण भक्तजनहरुलाई धार्मिक रुपमा अनुशासित गराउने उद्धेश्यले आयोजना गरिएको उनले बताए । यसको उद्धेश्य आर्थिक भन्दा पनि हिन्दु संस्कृतिको जगेर्ना गर्ने हो ।
यस्तै प्रचवनको पूर्वसन्ध्यामा बुटवल सोमबार विहान कलश यात्रा निकालिएको थियो । कलश यात्रा जीगगढीदेखि मुक्तिनाथ धामसम्म निकालिएको कलश यात्रा संयोजक गंगागत्त पौडेलले बताए ।
कलश यात्रामा बुटवल उपमहानगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष डिल्लीप्रसाद शर्मा, बुटवल उपमहानगरपालिका १२, १३ भित्रका टोलविकास संस्था र विभिन्न संघ संस्थाकोे सहभागिता रहेको थियो ।

