
हरि आचार्य, कपिलवस्तु
प्रेस चौतारी नेपालको २६ आं स्थापना दिवसको अवसरमा मिलन तथा महिला पत्रकारका लागि कुर्सी दौड प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ । प्रेस चौतारी नेपाल जिल्ला शाखा र बाणगंगा नगर समितिको आयोजनामा बाणगवंगा नगरपालिका वडा न ७ खारखानिमा भएको हो । कार्यक्रममा सहभागिता जनाउदै शिवराज नगरपालिका उप प्रमुख शिव कुमारि थारुले स्थापना दिवसको शुभकामना दिदै प्रेस चौतारिले आम नागरिका सवालमा रहेर कलम चलाउदै आएको बताउनु भयो ।
साथै कपिलवस्तु शाखाले तीन पत्रकारलाई उपचारमा राहत पुग्ने हेतुले आर्थिक सहयोग प्रदान गरेको छ । जसमा ब्लड क्यान्सरको भारतमा उपचाररत रहनुभएका रेडियो शिवराजका स्टेशन म्यानेज दिपक केसी, सवारी दुर्घटनामा परेका लक्ष्मण सापकोटा र खुट्टाको अप्रेसन गरेका कृष्ण पौडेललाई १०/१० हजार सहयोग गरेको छ । साथै महिला पत्रकारको लागि कुर्सी दौडमा गिता थापा तृतिय, सीता बेल्बासे, द्धितिय र सरिता थारु प्रथम हुनु भएको थियो ।
कार्यक्रममा वाणगगा नगरपालिका उपप्रमुख रिता कुमारि थारु, विजयनगर गाउपालिकाका अध्यक्ष गोपाल बहादुर थापाले स्थानीयका मुद्धाको बिषयमा प्रेस चौतारीले प्राथमिकताका साथ कार्य गरिरहेको बताउनुभयो । प्रेस चौतारिमा आवद्ध पत्रकारको उपस्थिती रहेको थियो । जिल्ला उपाध्यक्ष बाबुराम रायमाझीको स्वागतबाट सुरु भएको कार्यक्रमको अध्यक्ष जानू पाण्डेको रहेको थियो भने सन्चालन उपसचिव कुलराज भुसालले गर्नु भएको थियो ।
कार्यक्रमका अध्यक्ष जिल्ला शाखाका अध्यक्ष जानु पाण्डेले कार्यक्रम सफल पार्न सहयोग गर्नुहुने सम्पुर्णमा धन्यवाद व्यक्त गर्दै स्थापना दिवसको शुभकामना दिनुभयो । उहाँले साना साना भएपनि दुरदराजका बिषयबस्तुलाई समाचार लेख्न समेत सुझाव दिनुभयो ।