कांग्रेसले किन बोलायो आकस्मिक वैठक

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

काठमाडौं,२३ माघ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ।

पार्टीको केन्द्रीय कार्यालय, विपी स्मृति भवन, ललितपुरमा आज बिहान १० बजेपछि बैठक बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थित हुनेछन्।

​यसैबीच संविधनसभा सदस्य, पूर्वमन्त्री एवं कांग्रेसका केन्द्रीय सदस्य केशव कुमार बुढाथोकीको निधनका कारण समुदायमा कांग्रेस अभियान स्थगित भएको छ।

महामन्त्री गगन थापाको मेचीकाली संवाद यात्रा पनि रोकिएको छ। रोकिएको यात्रा फेरि सुरु गर्ने महामन्त्री गगन थापाले जनाएका छन्। उनी आजै काठमाडौं फर्किएका छन्


प्रकाशित : २०८० माघ २३, मंगलवार १३:३६