ताजा अपडेट

कपिलवस्तुमा स्तनपान सप्ताह भव्य रूपमा सम्पन्न

विजयनगरमा १ करोडको विद्यालय भवन शिलान्यास

बाणगंगा नगरपालिकाको पहिलो कार्यपालिका बैठक सम्पन्न : नगर दररेट स्वीकृत, उद्योग शाखा स्थापना गर्ने निर्णय

लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

नेपाल शिक्षक महासंघद्वारा आन्दोलनको घोषणा

‘निम्सदाइ’ को निधनमा अन्नपूर्ण गाउँपालिकाले दियो शोक बिदा

सुनसरीका चार स्थानीय तहमा मात्र निषेधाज्ञा, अन्य क्षेत्रमा हटाइयो

हार मानेनन् ऋषिराम: संघर्षले लेखेको जीवन

निवासमै पुगेर राष्ट्रपतिले दिए कांग्रेस नेता श्रेष्ठलाई श्रद्धाञ्जली

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

रोहिणी नदीको तीव्र कटान,कटानले बर्षेनी तिलोत्तमा र देवदहका बस्ती र जमिन जोखिम

लुम्बिनी दर्पण २०८० माघ २९, सोमबार ११:३१
[sharethis-inline-buttons]

मोहन न्यौपाने

रुपन्देहीको तिलोत्तमा नगरपालिका र देवदह नगरपालिका, रोहिणी गाउपालिकालाई छोएको रोहिणी नदीको आसपासका बस्ती कटानको जोखिममा छ । हरेक वर्ष रोहिणी नदी बस्तीमा पसेर हैरानी हुने तिलोत्तमा(१० र देवदह(३ मा यस वर्ष पनि कटान र डुबानको जोखिम कायमै छ। रोहिणी नदीको पुल देखी २ किमि तल पर्यटकिय एबम धार्मिक पर्यावरण सहितको बाँध बनाउने योजना रोकिएपछि बाढिले ल्याएको भस्कटले नदि भरिएको हो। नदि भरिएसंगै तिलोत्तमा नगरपालिकाको वडा नम्बर १०, ११ र १२ का स्थानियबासी तथा देवदह नगरपालिका, र रोहिणी गाउँपालिका नदी कटानको जोखिममा परेका छन्।

करिव ४० करोड खर्च भैसकेको पर्यटकीय क्षेत्र बनाउने आशामा बसेका स्थानियहरु बाँधको काम बिचमै रोकिएपछि त्यसको जोखिमले घर डुबानमा परि त्रसित बनेका छन्। अघिल्लो बर्ष बाढीले घर खेत बनाएका बस्तीमा यो बर्ष भने खासै बाढी आएन तथापि खेतीकिसानी गर्ने र एउटै घरको सहारामा बसेकाहरु अहिले किसानी पेशा छोड्दै घरबार बिहिन भएका छन्। बाँधको हाइट सतही नदि भन्दा माथि निर्माण गरि सिंचाईमा सहज बनाउने भनेर गरेको काम झन् सकस भएपछी नदीको बहाव रोकियो र नदीको सतह किनारा भन्दा माथि आयो सो अनियन्त्रित निर्माणका कारण बस्ती जोखिममा रहेका स्थानियहरु बताउँछन् ।

सो क्षेत्रमा मिनी फेवातालको रुपमा काम अघि बढ्ने गरि ३ बर्षमा निर्माण योजना सम्पन्न गर्ने लक्ष्य अनुसार अगाडी बढेको सो बाँध सरकार परिबर्तन भएसंगे बजेट अभावले काम रोकिएको लुम्बिनी प्रदेश योजना आयोग सदस्य डा दामोदर भुसालले बताएका छन्। फाइल रोकिए बजेट अभाव भएपनी स्थानीयको सहजताकालागी स्थानिय प्रदेश र संघिय सरकारले शिघ्र निर्माण कार्य अगाडी बढाउनु पर्ने जिकिर डा भुसालको छ। रोहिणी नदी कटानले बर्सेनि सयौ कठ्ठा जमिन कटान गर्दछ । बर्खा लाग्न सुरु भएपछि यहाँका नागरिकलाई हरेक वर्ष नदी कटान तथा डुबानको त्रासले सताउँछ । यस वर्ष पनि नदी कटानले घर नै लगेपछि रोहिणी पुल पारीकी देवदह(३ बसन्तपुर् निवासी कुमारी मुसहरको उठिबास लाग्यो। राती सुतेको बेला एकाएक बाढीले घर डुबान भएपछी मस्त निद्रामा रहेकी कुमारीलाई छिमेकीले उठाईन। उठेर हेर्दा पुरै घर भत्किसकेको थियो। अब आफ्नो भन्ने केहि छैन भएको घर डुब्यो अहिले छिमेकीको घरमा बास बसेका छौ ( उनले रुँदै भनिन। बाँध बनाउने काम बिचमै रोकिएपछि नदीमा बग्ने खहरेले ल्याएको लेदो सहितको पानीको बहाव बढेर रोहिणी नदीको कटान तीव्र हुँदा बस्ती तथा जमिन जोखिममा पर्ने गर्दछ ।

स्थानिय बासीको सहभागितामा नगरपालिका र जिल्ला प्रसासन समेत पटक(पटक योजना सम्पन्नका लागि गएको तर खासै कतैबाट सुनुवाई नभएकोले अबको कदम कडा चालिने स्थानिय मध्येका राजु थापाले बताए। बाँध अग्लो निर्माण भएपछी बहाव रोकिएर नदि बिचमा लामो लामो खर पलाएको र भस्कटले करिव १२ फिट ढाकिएको छ जसले गर्दा पानीको बहाव नदीमा नभई गाउँपस्न थालेको अर्का स्थानिय छबि खत्रीले बताए।“पार्क बनाउने धार्मिक तथा पर्यटन क्षेत्रको रुपमा बिकास गर्ने लक्ष्य सहित निर्माण थालिदा सार्है खुसि लागेको थियो तर अहिले गाउँभरी रुवाबास मात्रै छ तिलोत्तमा(१० निवासी शेर बहादुर थापाले बताए। यस क्षेत्रको पहिचान राम्रो बन्ने भो, अब त युवापनी विदेश जानुपर्दैन भन्ने थियो तर सोचेजस्तो भएन थापाले दुखेसो पोख्दै भने। आगामी वर्ष नदी कटान भयो भने गाउनै पुरै ध्वस्त हुने देखिन्छ”, उनी भन्छन्, “समयमै नदी नियन्त्रण गर्न नसके यस वर्ष तिलोत्तमा र देवदहले ठूलो क्षति बेर्होनुपर्नेछ ।”

तिलोत्तमा नगरपालिका–१० र १२ अनि देवदहको ३ नम्बर वडा बाढीका कारण बढी क्षति हुने वडामा पर्छ । यो वडा रोहिणी नदीको तटीय क्षेत्रमै जोडिएको छ । सिँचाइ आयोजनामार्फत तटबन्ध भएको भएपनी जमिनको सतह माथि आउने तर पानी बाँधबाट तल नजाने कारणले सो वडामा पर्ने सबै बस्ति जोखिममा छ । आगामी दिनमा पनि कुनै सुनुवाई नभए र यसप्रति सरोकारवालाहरुले ध्यान नदिए कडा कदम चाल्ने गरि विभिन्न चरणको आन्दोलन गरिने स्थानिय युवा नर बहादुर थापाको भनाई छ। मंगलबार जिल्ला प्रसासन कार्यालयमा धर्ना तथा ज्ञापन पत्र दिने र त्यसपछि कुनै सुनुवाई नभए स्थानिय सहितको ठुलो आन्दोलनमा होमिने थापाको भनाई छ।

जोखिम क्षेत्रलाई कसरी जोगाउने भनेर हामी लागिरहेका छौ, सिँचाइ आयोजनाले तटबन्ध, बाँध निर्माण गरेको भएपनि समयमा सो योजना पुरा नहुँदा र योजना अनुसार काम नहुँदा यस्तो समस्या परेको स्थानिय युवा छबि खरेलले बताएका छन।“हरेक बर्सातमा नदी कटान र डुबानको जोखिम झेल्दै आएका यहाँका नागरिकलाई कसरी जोगाउने भन्नेमा हामी केन्द्रित छौँ”, उनले भने, “हरेक वर्ष नदीको जोखिम बढ्दै गएको छ । नदी नियन्त्रणको प्रयासमा हरदम एकढिक्का भएर लागिपरेका छौ, निर्माण गरिएको अधकल्चो बाँध टुट्न भन्दा अगाडी मनको बाँध नटुटोस उनले योजना छिटो पुरा हुनपर्छ भन्दै आक्रोस पोखेका छन्।

स्रोत ः तिलोत्तमा सिटी


प्रकाशित : २०८० माघ २९, सोमबार ११:३१

लुम्बिनी दर्पण

लेखकबाट थप

  • कपिलवस्तुमा टिपरको ठक्करबाट एक जनाको मृत्यु
  • सिंहदरबारमा सुरक्षा परिषद् बैठक
  • लक्ष्मणघाटमा धार्मिक वनको सुरुआत, समशान क्षेत्रलाई हराभरा बनाउने अभियान
  • व्यापारीको गोदाममा फेरि अनुदानको मल, प्रहरीले छाडेपछि स्थानीयमा आशंका ?
  • बाणगंगा–७ मा ससुराली आएका युवक बेपत्ता, खोजीमा सहयोग गर्न परिवारको अपिल
प्रतिक्रिया

यो पनि पढौँ

लुम्बिनीको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वीकृत

आज संसदको पहिलो बैठकमा कुन नेताले के बोले, संक्षिप्तमा

आजदेखि सिनेमा हलमा ‘हामी तीन भाइ’

दुई समुदायको झडप रोक्न कपिलवस्तुमा निषेधाज्ञा

कोलीय देवदह बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा ३ दिने उद्घोषण तालिम आज देखि सुरु

बाबुल र दर्शन मालिकाका मालिक को हुन ? तौफिकको संलग्नता नभएको पुष्टि

गौर तनाव : सेना परिचालनपछि पनि राेकिएन आगजनी, भित्री भाग अझै अशान्त

गौर नगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू जारी

राजमो विजयनगर गाउँपालिका भेला सम्पन्न,गोविन्द परियारको संयोजकत्वमा ५१ सदस्यीय प्रचार–प्रसार समिति गठन

बङ्गलादेशकी पूर्व प्रधानमन्त्री हसिनालाई भ्रष्टाचारको अभियोगमा १० वर्षको जेल सजाय हुने फैसला

संघियता खारेजी र राष्ट्रियताको रक्षाको नितिले राष्ट्रिय जनमोर्चाका उम्मेदवार उत्साहित चुनावी सभा सम्पन्न

बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी

भर्खरै

  • कपिलवस्तुमा स्तनपान सप्ताह भव्य रूपमा सम्पन्न

  • विजयनगरमा १ करोडको विद्यालय भवन शिलान्यास

  • बाणगंगा नगरपालिकाको पहिलो कार्यपालिका बैठक सम्पन्न : नगर दररेट स्वीकृत, उद्योग शाखा स्थापना गर्ने निर्णय

  • लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

  • नेपाल शिक्षक महासंघद्वारा आन्दोलनको घोषणा

  • ‘निम्सदाइ’ को निधनमा अन्नपूर्ण गाउँपालिकाले दियो शोक बिदा

  • सुनसरीका चार स्थानीय तहमा मात्र निषेधाज्ञा, अन्य क्षेत्रमा हटाइयो

  • हार मानेनन् ऋषिराम: संघर्षले लेखेको जीवन

  • निवासमै पुगेर राष्ट्रपतिले दिए कांग्रेस नेता श्रेष्ठलाई श्रद्धाञ्जली

  • आज १५ साउन, खिर खाएर मनाइँदै


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech