सुनको भाउ स्थिर रहँदा चाँदीको भाउ बढ्यो

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको भाउ स्थिर रहेको छ । आइतबार प्रतितोला ५०० रूपैयाँ घटेको सुनको भाउ सोमबार स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १८ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ४५० रूपैयाँमा कारोबार भइरहेको छ। आइतबार पनि सुन कारोबार सोही मूल्यमा भएको थियो।

त्यसैगरी, सोमबार चाँदीको मूल्य भने ५ रुपैयाँले बढेको छ। आइतबार प्रतितोला १३ सय ९० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला १३ सय ९५ रूपैयाँमा किनबेच भइरहेको छ।


प्रकाशित : २०८० माघ २९, सोमबार १२:३२