नेपालले दियो मलेसियालाई ११६ रनको लक्ष्य

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

काठमाडौं । एसीसी महिला प्रिमियर कपको फाइनल प्रवेशका लागि नेपाल र आयोजक मलेसियाबीच खेल जारी छ। मलेसियाको वायोमास ओभलमा नेपालले जितका लागि मलेसियालाई ११६ रनको लक्ष्य दिएको छ।

६ विकेट गुमाएर ११५ रन बनाउने क्रममा डोली भट्ट २५, कप्तान इन्दु वर्मा २९ रूविना क्षेत्रीले २०, कविता कुँवर २३, सीता रानामगर ६ र कविता जोशीले २ रनको योगदान दिइन्। सेमिफाइनल खेलमा जित निकै महत्त्वपूर्ण छ। जित दर्ता गरेको अवस्थामा नेपालले एसिया कपमा स्थान सुरक्षित गर्नेछ।


प्रकाशित : २०८० फाल्गुन ४, शुक्रबार १३:२४