हरि आचार्य, कपिलवस्तु
ईलाका प्रहरी कार्यालय पिपराको प्रमुखमा प्रहरी निरिक्षक गोपाल जंग रायमाझी आएसंगै यहाँको शान्ती सुरक्षाको अवस्था सुदृढ हुंदै गएको छ भने फरार प्रतिवादीहरु फटाफट कानुनी दायरामा आएका छन् । यसैक्रममा प्रहरी सेवामा निरन्तर कार्यरत उत्कृष्ट कार्य गरेको भन्दै ईलाका प्रहरी कार्यालय पिपरामा कार्यरत प्रहरी हवल्दार कृष्ण बहादुर थापा क्षेत्री माघ महिनाको जिल्लाकै उत्कृष्ट प्रहरी घोषित भई सम्मानित हुनुभएको छ ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले प्रहरी सेवामा निरन्तर उत्कृष्ट कार्य सम्पादन गरि कर्तब्य निष्ठ भई आफ्नो जिम्मेवारी पुरा गरेको भन्दै प्रशंसा पत्र सहित सम्मानित हुन सफल भएको ईलाका प्रहरी कार्यालय पिपराका प्रमुख प्रहरी निरीक्षक गोपाल जंग रायमाझीले लुम्बिनी दर्पणलाई जानकारी दिनुभयो ।
प्रहरी निरीक्षक गोपाल जंग रायमाझीले आफ्नो नेतृत्वमा रहेको टिमले अनवतर रुपमा कार्य गरेकोले सफलता मिलेको बताउनुभयो । उहाँले यस आर्थिक बर्षको अहिले सम्म ३२ जना फरार प्रतिवादी पक्राउ गरि अदालत बुझाएको र लागु औषधको डिलर बनाई बस्ने ३५ जनालाई मुद्धा चलाएको बताउनुभएको छ । उहाँले प्रहरी सधै जनताको शान्ती, सुरक्षा, अमनचयनमा चनाखो रहेको बताउँदै जनताको जनधनको सुरक्षामा तल्लीन रहेको बताउनुभएको छ ।
प्रहरी निरीक्षक रायमाझीले प्रहरी सेवामा कार्यरत रहि निरन्तर रुपमा व्यवसायिक एवं कर्तव्य निष्ठ भई जिम्मेवारीलाई आत्मसाथ गर्दै उत्कृष्ट कार्य सम्पादन गर्नु भई तालुक जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट माघ महिनाको उत्कृष्ट प्रहरी कर्मचारी घोषित हुनु भएकोमा आगामी व्यवसायीक एवम् व्यक्तिगत जीवनको सफलताको शुभ–कामना व्यक्त गर्नुभएको छ ।