थाइल्यान्डका पूर्व प्रधानमन्त्री थाक्सिन आज रिहा हुँदै

[sharethis-inline-buttons]

थाइल्यान्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रा आज रिहा हुँदै छन् । प्रधानमन्त्री श्रेथा थाभिसिनले सिनावात्रा आजै रिहा हुने बताएका हुन् ।
चौहत्तर वर्षीय थाक्सिन भ्रष्टाचारसम्बन्धी मुद्दामा एक वर्ष कैद सजाय भोगिरहेका छन् । उनलाई जमानीमा रिहा गर्न लागिएको हो । १५ वर्ष लामो निर्वासनबाट ६ महिनाअघि मात्रै स्वदेश फर्किएका उनलाई त्यसलगत्तै सर्वोच्च अदालत लगिएकोमा अदालतले आठ वर्ष कैद सजाय तोकेको थियो । राजा भाजिरालोंगकोर्नले उनको आठ वर्षको कैद सजायलाई एक वर्षमा घटा‍इ दिएका थिए ।

कारागारमा एक रात बसेपछि स्वास्थ्यमा समस्या आउँदा उनलाई प्रहरी अस्पतालमा लगिएको थियो र उनलाई प्रहरी अस्पतालबाटै रिहा गर्न लागिएको हो ।


प्रकाशित : २०८० फाल्गुन ६, आईतवार ११:५८