बालकुमारी घटनाको प्रतिवेदन आफूले नहेरेको – प्रधानमन्त्रीले भने

[sharethis-inline-buttons]

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले बालकुमारी घटनाको प्रतिवेदन भर्खर आफूले बुझेको र त्यसको अध्ययन आफूले नगरेको बताएका छन् ।

दाहालले भने, ‘छानबिन समितिले जो प्रतिवेदन ल्याएको छ –गृह मन्त्रालयमा बुझाएको छ र आज मैले बुझ्दै छु,’ ‘प्रधानमन्त्रीको हैसियतले अहिलेसम्म मैले हेरेको छैन् ।’

प्रधानमन्त्री दहालले आजै मन्त्रिपरिषद्को बैठक रहेको जानकारी दिँदै अगाडि भने, ‘मैले हेर्दैछु । आजै क्याबिनेट छ । त्यसलाई सरकारले बनाएको छानबिन समितिले ल्याएको प्रतिवेदनको अध्ययन गरेपछि आवश्यक कारबाही गरिन्छ । यो विश्वास म दिलाउन चाहन्छु ।’

त्यसक्रममा उनले सरकारले बालकुमारी घटनाका पीडित परिवारलाई दश लाख दियो र चुप लाग्यो भन्ने कुरा सत्य नभएको पनि प्रतिक्रिया दिएका छन् ।


प्रकाशित : २०८० फाल्गुन ६, आईतवार १३:०१