रुसका विपक्षी नेता नभाल्नीको शव उनकी ‘आमालाई नदिइएको’ निकटस्थहरूको आरोप

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

आर्टिक जेलमा निधन भएका रुसका प्रतिपक्षी नेता एलेक्सी नभाल्नीको शव उनकी आमालाई नदिइएको निकट सहयोगीले बताएका छन्।

किरा यार्मिशले नभाल्नीकी आमा ल्युडमिलालाई पोस्टमोर्टम परीक्षण सकिएपछि मात्रै उनको शव हस्तान्तरण गरिने जानकारी दिइएको बताइन्।

नाभाल्नी पक्षधर समूहले ती भ्रष्टाचारविरोधी अभियानकर्ताको हत्या राष्ट्रपति भ्लादिमिर पुटिनको आदेशमा भएको भन्ने ठानेको छ।

एउटा अधिकारवादी समूहले उनलाई श्रद्धाञ्जली अर्पण गरेको आरोपमा ३०० जनालाई पक्राउ गरिएको बताएको छ।


प्रकाशित : २०८० फाल्गुन ६, आईतवार १३:५०