बलात्कार गरेको आरोपमा एकजना पक्राउ

[sharethis-inline-buttons]

मोरङ । मोरङको उर्लाबारी–४ मा एक किशोरीलाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

मोरङको मिक्लाजुङ घर भई उर्लाबारीमा डेरामा बस्दै आएकी १७ बर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा उर्लाबारी–५ का रविन गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । किशोरीले बलात्कार गरेको भन्दै दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको उर्लाबारी प्रहरीले जनाएको छ ।


प्रकाशित : २०८० फाल्गुन ६, आईतवार १६:११