रुपन्देही खानेपानी संस्था कर्मचारी समितिको २ दिने प्लम्बर तालिम आज सम्पन्न

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

रुपन्देही खानेपानी संस्था कर्मचारी समिति रुपन्देहीको आयोजनामा २ दिने प्लम्बर तालिम आज सम्पन्न भएको छ । खानेपानी संस्था कर्मचारी समिति रुपन्देहीका अध्यक्ष नवराज न्यौपानेको अध्यक्षता , संघिय खानेपानी तथा ढल ब्यबस्थापन ओयोजनाका प्रमुख बिनोद भुजेलको प्रमुख आतिथ्यता तथा खानेपानी उपभोक्ता महासंघ रुपन्देहीका अध्यक्ष धुब्र कु धितालको बिशिष्ट आतिथ्यतामा तालिम सम्पन्न भएको हो । कार्यक्रमका अवशरमा बोल्दै संघिय खानेपानी तथा ढल ब्यबस्थापन ओयोजनाका प्रमुख बिनोद भुजेलले अबको केही बर्षमै सबै नेपालीले स्वच्छ , स्वस्थ खानेपानी पाउने गरि सरकार लागेको बताउनु भएको छ ।

उहाले सरकार खानेपानीमा सहलगानीमा अगाडि बढेको बताउदै नागरिकलाई २४ सै घन्टा पानी दिने गरि योजना ल्याउन खाग्रह गर्नु भयो । खानेपानी उपभोक्ता महासंघ रुपन्देहीका अध्यक्ष धुब्र कु धितालले रुपन्देहीमा खानेपानकिो क्षेत्रमा पछिल्लो बर्ष देखीने गरि काम अगाडि बढेको बताउनु भयो । कार्यक्रममा खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका ई . आदित्य धिताल , खानेपानी उपभोक्ता महासंघ कुटवलका अध्यक्ष भिम प्रशाद उपाध्याय , तिलोत्तमाका अध्यक्ष केशव राज न्यौपाने , बुटवल उपमहानगरपालीका वडा न १२ अध्यक्ष डिल्ली प्र शर्मा , शंकरनगर खानेपानी संस्थाका अध्यक्ष झबिन्द्र भन्डारी लगायतले खानेपनीको अबस्था र समस्या बिषयमा बोल्नु भएको थियो । खानेपानी संस्था कर्मचारी समितिका सदस्यको दिपा न्यौपानेको स्वागत भएको कार्यक्रमको सन्चालन रुपन्देही खानेपानी संस्था कर्मचारी समिति रुपन्देही सचिव सुर्य चापागाईको सन्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।


प्रकाशित : २०८० फाल्गुन ७, सोमबार १८:०८