फागुन ११ र १२ गते दोस्रो पदमबहादुर स्मृति राष्ट्रिय कराते प्रतियोगिता हुने

[sharethis-inline-buttons]

फर्साटिकर।

रुपन्देहीको शुद्धोधन गाउँपालिका ४ फर्साटिकरमा दोस्रो पदमबहादुर स्मृति राष्ट्रिय कराते प्रतियोगिता हुने भएको छ।
जापान गोजुरियो कराते .डो कन्वाकाइ नेपाल एसोसिएसन शाखा रुपन्देहीको आयोजनामा यहि फागुन ११ र १२ गते कराते प्रतियोगिता हुन लागेका बुधबार सम्मेलनको आयोजना गरि जानकारी गराइएको छ।
स्थानिय खेलाडीलाई राष्ट्रिय स्तरमा चिनाउन र अनुशासन निम्ति कार्यक्रम आयोजना गरिएको
कार्यक्रम संयोजक रवि रानाले बताए ।
कराते प्रतियोगितामा देशभरबाट ४०० जना कराती खेलाडीको सहभागी हुने कार्यक्रम सह संयोजक तथा सल्लाहकार मानबहादुर भर्तालले जानकारी दिए
कराते शुद्धोधन ४ मा अवस्थित फर्साटिकर स्पोर्ट्समा हुने सदस्य सुनिल यादवले बताए। कार्यक्रम सम्पन्न गर्नका लागि ६ लाख ६० हजार लाग्ने यादवले बताए ।
प्रतियोगितामा हरेक विधामा पदक जित्ने खेलाडी, बेस्ट फाइटर तथा शिर्ष तीनमा रहने टोलीलाई पुरस्कार प्रदान गरिने भएको छ ।


प्रकाशित : २०८० फाल्गुन १०, बिहीबार १०:५२