अब बाणगंगाका नागरिकले उपचारका लागि रगत किन्न नपर्ने

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदस, कपिलवस्तु
कपिलवस्तुको बाणगंगाका नागरिकले अब निःशुल्क रगत पाउने भएका छन । नेपाल रेडक्रस सोसाइटी रुपन्देही अन्तर्गतको रक्तसंचार सेवा केन्द्र, बुटवल–भैरहवा र बाणगंगा नगरपालिका बिच भएको सहमति पछि निःशुल्क रगत पाउने भएका हुन ।

बुटवल–भैरहवाको रक्तसंचार सेवा सहयोग पुग्ने गरि सेवा प्रवाह गरेवापत बाणगंगा नगरपालिकावाट बार्षिक न्यूनतम एक लाख रुपैयाँ अनुदान सहयोग गर्ने गरि सम्झौता भएको छ । २०८१ सालको असार मसान्त सम्म रहने सम्झौतामा नगरको तर्फ बाट नगर प्रमुख चक्रपाणी अर्याल र रक्तसंचार सेवा बुटबलको तर्फबाट सभापति दिपक क्षेत्री न्यौपानेले हस्ताक्षर गर्नुभएको छ । सम्झौता अवधि पुन थप्न सकिने जनाइएको छ ।

निःशुल्क रगतको सेवा लिन बिरामीका आफन्तले बिरामी नगरवासी भएको प्रमाणित हुने प्रमाणको प्रतिलिपि देखाउनुपर्ने जनाइएको छ । नगरपालिका अन्तर्गत कार्यरत कर्मचारीहरुले भने कर्मचारी परिचय पत्र देखाउनुपर्ने छ ।


प्रकाशित : २०८० फाल्गुन ११, शुक्रबार ०६:०८