फागुन १५ गते कपिलवस्तुमा नायक सौगात मल्ल र नाजिर हुसेन आउँदै

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

हरि आचार्य, कपिलवस्तु
अन्तर निहित प्रतिभाको प्रस्फुटनसंगै व्यक्तित्व विकासका लागि केबि डान्स स्टुडियो र आर. के. ग्रुपको संयुक्त आयोजनामा ट्यालेन्ट हन्ट अफ कपिलवस्तु ग्रान्ड फिनाली एवम् लाईभ कन्सर्ट २०८० कार्यक्रम हुने भएको छ ।

यहि फागुन १५ गते मगर दिवसको अवसरमा कपिलवस्तुको चार नम्बर जितपुरमा दिउँसो १ बजे हुने कार्यक्रममा मुख्य आकर्षकको रुपमा नेपाली फिल्म एक्टर सौगात मल्ल आउँदै हुनुहुन्छ । त्यस्तै चर्चित एक्टर नाजिर हुसेन, एक्टर बिन बस्नेत लगायतको कलाकार आउने आयोजकले जनाएको छ ।

त्यस्तै लोक तथा दोहोरी गायक श्रीधर अधिकारी, पप गायक भुवन खड्का, गायक बिनोद बिष्ट, पुर्णचन्द्र परियार, गायिका शारदा खनाल, गायक शिव खनालको प्रस्तुती पनि रहनेछ ।

डान्सरहरु टिकटक स्टार आई एम सोनि, पदम विश्वकर्मा साथमा केबि डान्स स्टुडियो बेजोड प्रस्तुति रहने बताईएको छ ।

ईभेन्ट अर्गनाईजरमा बिक्रम परियार, ईभेन्ट म्यानेजरमा युदिन खड्की, कोरियोग्राफर/एक्टरमा अन्जु रसाईली, ईभेन्ट कोर्डिनेटर/कोरियोग्राफरमा रामु खनाल र एसिस्ट कोर्डिनेटरमा दिपक भण्डारी साथै आर.के.ग्रुप रहनुभएको छ ।

ईभेन्टलाई अगस्त्य फिल्मले सहयोग गरेको छ भने एजुकेशन पार्टनरको रुपमा ब्राईट लुम्बिनी ईन्टरनेश्नल एजुकेशन बाणगंगा कपिलवस्तु रहेको छ ।

कार्यक्रम अवलोकनका लागि टिकट खुल्ला गरिएको आयोजकले जनाएको छ । ।


प्रकाशित : २०८० फाल्गुन ११, शुक्रबार १६:०१