बाणगंगा नगरपालिकाले मनायो अन्तराष्ट्रिय महिला दिवस: १८ जना महिला उद्यमी सम्मानित

[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
लुम्बिनी प्रदेशका सांसद गिरधारीलाल न्यौपानेले महिला हिंसा न्युनकरणका लागि सबै सरोकारवालाहरुले आफ्नो घरबाट प्रयास सुरु गर्न आवश्यक रहेको बताउनुभएको छ । ‘महिलामा लगानी : सभ्य र समुन्नत समाजको थालनी’ भन्ने मुल नाराका साथ बाणगंगा नगरपालिकाको आयोजना तथा सिद्धार्थ सामाजिक विकास केन्द्रको समन्वयमा १ सय १४ औं अन्तराष्ट्रिय महिला दिवस अन्तर्गत आयोजित कार्यक्रममा सांसद न्यौपानेले महिला हिंसा न्युनकरणका लागि भाषण, कार्यक्रम, कुरा भन्दा आफ्नो परिवारबाट सबैले प्रयास गरेमा सफल हुने दावि गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका सांसद न्यानैपानेले महिलाहरु कमजोर आर्थिक अवस्थाका कारण पनि हिंसामा र पिडामा परिरहेको बताउनुभयो । उहाँले रोजगार, स्वरोजगार र व्यवसायबाट आर्थिक स्तर बलियो भएका महिलाहरु अधिकांश हिंसामा नपरेको बताउँदै महिलाहरुलाई आर्थिक रुपमा बलियो बनाउनका लागि प्रदेश सरकारमा आफुले कुरा उठाईरहेको बताउनुभयो ।

सांसद न्यौपानेले स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारले सबैलाई सहज हुने कानुन निर्माण गरि महिला र पुरुष कानुनमा मात्र बराबर नभई व्यवहारमा पनि समान हुन जरुरी रहेको बताउनुभयो । पहिलेको तुलनामा महिला हिंसा न्युनिकरण भईरहेको बताउँदै सांसद न्यौपानेले महिलाहरुको अब राजनीति तथा सत्तामा समेत शुनिश्चितता रहनुपर्ने बताउनुभयो ।

दिवसको अवसरमा १८ जना महिला उद्यमीलाई खादा तथा सम्मान पत्र सहित सम्मान गरिएको छ । सम्मानित महिलाहरुले यो सम्मानले अझ हौसला बढेको बताएका थिए ।

कार्यक्रममा बाणगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनी, नेकपा (एमाले) बाणगंगा नगर कमिटी अध्यक्ष युवराज पोख्रेल, नेपाली कांग्रेस बाणगंगा नगर समिति सभापति बिष्णु थापा, नेकपा माओवादी बाणगंगा नगर कमिटी उपाध्यक्ष अम्बिका पौडेल, कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष गणेश बहादुर क्षेत्री, चेम्बर अफ कमर्श बाणगंगाका अध्यक्ष धनु अधिकारी, सिद्धार्थ सहकारीका अध्यक्ष ईन्दिरा भट्राई, स्वास्थ्य स्वयंमसेवीका केन्द्रिय उप–महासचिव प्रभा पौडेल लगायतले मन्तब्य राख्दै महिला दिवसको दिन मात्र सरोकारवालाहरुको बिचमा कार्यक्रम गर्नु भन्दा वास्तविक हिंसामा परेका महिलाहरुलाई निरन्तर सुशुचित गराउन आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रमका अध्यक्ष बाणगंगा नगरपालिकाका उप प्रमुख रीता कुमारी चौधरीले अन्तराष्ट्रिय महिला दिवसको शुभकामना दिंदै महिला हिंसा न्युनिकरणका लागि नगरपालिका सधै प्रतिवद्ध रहेको बताउनुभयो । उप प्रमुख चौधरीले महिला हिंसा नगर्न र नपर्न अनुरोध गर्दै महिला हिंसा भएको पाएमा नगरपालिकाको न्यायिक समिति वा सुरक्षा निकायमा जानकारी दिनुपर्ने बताउनुभयो । उहाँले महिला संग उप–प्रमुख कार्यक्रम अन्तर्गत महिलाहरुका लागि सीप तथा क्षमता विकास तालिम नगरपालिकाले सञ्चालन गरिरहेको बताउनुभयो ।

उद्योग व्यापार संघ कपिलवस्तुका अध्यक्ष खिमानन्द पौडेल, सुरक्षा निकायका प्रमुख लगायतको आतिथ्यता तथा नगर कार्यपालिका सदस्य, नगर सभा सदस्य, कर्मचारी, विभिन्न संघ संस्था, विद्यालय, सहकारी, सामुदायिक वन, सुरक्षा निकायका महिला प्रमुख तथा प्रतिनिधि, स्वास्थ्य स्वयंसेवीका लगायतको उपस्थ्तिी रहेको कार्यक्रम वडा नं. ७ का वडा सदस्य तथा नगरको महिला वालवालिका समिति सदस्य पार्वती सुनारको स्वागत र बाणगंगाको महिला, वालवालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख सुशिला पन्थको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।

 


प्रकाशित : २०८० फाल्गुन २४, बिहीबार १९:१०