
फम नारायण काफ्ले, कपिलवस्तु
हिमालयन लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालय कान्छी बजारले बीमा वापतको रकम हस्तान्त्रण गरेको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नंं १५ मधवलिया निवासी मन बहादुर गुरुङको मृत्यु भएकाले उहाँकी श्रीमती गंगा गुरुङलाई उक्त बीमा वापतको रकमको चेक हस्तान्त्रण गरिएको हो ।
मधवलिया हिमालयन महिला केन्द्रमा आवद्ध गुरुङ परिवारलाई बीमांक रकम १ लाख तथा काजक्रिया खर्च २५ हजार गरि १ लाख २५ हजार बराबरको चेक शाखाका प्रमुख लक्ष्मण तिवारीले हस्तान्त्रण गर्नुभएको हो । चेक हस्तान्तरण कार्यक्रममा शाखा प्रमुख तिवारीसंगै कर्मचारीहरु सुनिल कुमार रैदास, सुन्तली घर्ती मगर लगायतको उपस्थिती रहेको थियो ।
शाखाका प्रमुख लक्ष्मण तिवारीले लघुवित्तमा ऋणसंगै ब्याजको मात्र कारोवार नगरि बीमा मार्फत पनि स्थानीयलाई सेवा दिईरहेको बताउनुभयो । उहाँले लघुवित्त स्थानीयको आर्थिक स्तर उकास्नका लागि सदैव तयार रहने बताउनुभयो ।