ताजा अपडेट

वाणगंगामा लागूऔषधविरुद्ध सचेतनामूलक सडक नाटक सम्पन्न

ट्रम्पले खोमिनीलाई दिए आत्मसमर्पणको सुझाव

११ महिनामा ७ लाख ६० हजारले लिए श्रम स्वीकृति, वैदेशिक रोजगारीमा बढोत्तरी

इजरायलबाट स्वदेश फर्किन इच्छुक नेपालीको नामावली संकलन सुरु

इजरायल-इरान युद्ध रोक्न आग्रह गर्दै काठमाडाैंमा मानवअधिकारकर्मीकाे प्रदर्शन

कर्मचारीको कुलिङ पिरियडबारे छलफलमा प्रधानमन्त्री

रास्वपाका दुई नेतामाथि रड प्रहार गर्ने कांग्रेसका वडाध्यक्ष फरार

इजरायलमा रहेका नेपालीको उद्धार गर्न दूतावासले सुरु गर्‍यो रजिष्ट्रेसन प्रक्रिया

मुग्लिन–नारायणगढ सडक : हायसमा ढुंगा खस्यो, एम्बुलेन्सको सिसा चर्कियो

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

बाणगंगा नगरपालिका वडा नं ४ बासिका लागि नेपाली कांग्रेसका उमेद्वार दिनेशको हार्दिकता

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

कपिलवस्तुकै पहिलो पूर्ण संस्थागत प्रसूति पालिका घोषणा हुँदै बाणगंगा

Lumbini Darpan 2 २०८० चैत्र २, शुक्रबार १६:५०
[sharethis-inline-buttons]

लुदस, कपिलवस्तु

कपिलवस्तुको बाणगङ्गा नगरपालिका जिल्लाकै पहिलो पूर्णसंस्थागत प्रसूति पालिका घोषणा हुँदै छ । पालिकामा घरमा प्रसुती गराउने संख्या शून्य सहित पूर्ण संस्थागत प्रसूति सेवायुक्त स्थानीय तह घोषणा प्रकृया २०८० अनुसार सबै मापदण्ड पुरा गरेकोले बाणगङ्गालाई पूर्ण संस्थागत पालिका घोषणा गर्न लागिएको हो ।

जिल्ला स्वास्थ्य कार्यालयले तौलिहवामा राखेको जिल्ला स्तरीय प्रजनन स्वास्थ्य समन्वय समितिको बैठकले सो निर्णय गरेको हो । समितिका सचिव तथा स्वास्थ्य कार्यालयका प्रमुख नारायण प्रसाद चौधरीले बाणगङ्गा नगरपालिकाले निर्देशिका अनुसार सबै प्रकृया पुरा गरेको बताए । पूर्ण प्रसूतिका लागि प्रोटोकल अनुसार ४ पटक गर्भवती जाँच गराउनेको संख्या ९० प्रतिशत बढी, दक्ष प्रसूतिका लागि स्वास्थ्य संस्थामा सुत्केरी गराउनेको संख्या ९५ प्रतिशत बढी, घरमा प्रसुती गराउनेको संख्या शून्य तथा प्रोटोकल अनुसार ३ पटक सुत्केरी जाँच गराउनेको संख्या ९० प्रतिशत बढी हुने पर्ने प्रावधान छ ।

सोही बमोजिम गत फागुन १६ र १७ गते जिल्ला समन्वय समितिका प्रमुख बाबुराम आचार्य, स्वास्थ्य कार्यालय प्रमुख चौधरी र पब्लिक हेल्थ नर्स शान्ति भण्डारी सहितको टोलीले बाणगङ्गा नगरपालिकाको वडा नम्बर ३, ७, १० र ११ वडाका ४२ घरधुरीमा पुगेर स्थलगत अनुगमन गरेको थियो । सो अनुगमनले समेत वाणगङ्गामा गर्भ जाँच, घरमा सुत्केरी गराउनको संख्या शून्य र सुत्केरी जाँच समेत गराएको पाइएको पब्लिक हेल्थ नर्स भण्डारीले बताइन ।

पालिकाले समेत वडा नम्बर ११ को तोकिए अनुसारको प्रतिवेदनमा समेत सो वडामा गर्भवती जाँच र प्रसुती सेवाको जाँच समेत मापदण्डले ताके अनुसार रहेको छ । समितिले पालिकाले नगरपालिका भित्र रहेका ११ वटै वडालाई पूर्ण संस्थागत प्रसुतिको सुनिश्चिता गरी नगरपालिकालाई पूर्ण संस्थागत प्रसुती पालिका गर्ने निर्णय गरेको छ ।

पालिकालाई त्यसको प्रमाण प्रमाण पत्र समितिले उपलब्ध गराउने निर्णय गरेको छ । सो अवसरमा समन्वय प्रमुख आचार्यले बाणगङ्गा नगरपालिकामा घरमा प्रसूति गराउनेको शून्य रहनु पनि राम्रो कुरा भएको बताए । उनले पछि परेको कपिलवस्तुलाई स्वास्थ्य र सामाजिक क्षेत्रमा अघि बढाउन सबैले हातेमालो गर्नुृ पर्ने बताए । सो अवसरमा कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले आफ्नो पालिका अझै पनि स्वास्थ्य क्षेत्रमा पछि रहनुमा दुःखद कुरा भएको बताए । उनले आफ्नो पालिकालाई स्वास्थ्य क्षेत्रमा अघि बढाउन योजना बनाएर अघि बढ्ने बताए ।

कपिलवस्तु अस्पतालका मेसु बिपिन जैसवालले घरमा प्रसूति गराउनेको संख्या अझै कपिलवस्तुमा बढी रहेकोले मातृ र शिशु मृत्यु दर समेत बढी रहेको बताए । उनले पालिकाले समेत यो विषयमा गम्भीर ढंगले अघि बढ्नु पर्ने उनले बताए ।

फागुनमा १० वटै पालिकामा सम्पन्न गरिएको स्थायी बन्ध्याकरण शिविरमा ३ सय १५ जनाले सेवा लिएको र सो शिविरमा खटिने स्वास्थ्यकर्मीलाई प्रशंसा पत्र प्रदान गर्ने समेत निर्णय गरिएको छ । यस्तै मातृ मृत्यु भएकाहरूको मृत्युको कारण पहिचानका लागि कपिलवस्तु अस्पतालका मेसु बिपिन जैसवाललाई खटाउने र मातृ मृत्यु दर विरुद्ध प्रतिकार्यका लागि पालिकाले योजना बनाउने समेत निर्णय गरिएको छ ।

कपिलवस्तुमा बालिकाहरूको रक्तअल्पताको समस्या बढी देखिएकाले पालिकाले प्रत्येक विद्यालयमा पोषण फोकल पर्सन तोकी त्यसको जानकारी समितिलाई गराउने समेत निर्णय गरिएको छ ।


प्रकाशित : २०८० चैत्र २, शुक्रबार १६:५०

Lumbini Darpan 2

लेखकबाट थप

  • कपिलवस्तुका घिमिरे अनेरास्ववियुको केन्द्रीय सदस्यमा लोकप्रिय मत सहित विजयी
  • अनेरास्ववियु महाधिवेशनः कपिलवस्तुका घिमिरेको केन्द्रिय सदस्यमा उम्मेद्वारी, को हुन् घिमिरे ?
  • गर्मीका कारण बाणगंगाका विद्यालयमा चार दिन बिदा
  • ‘मिराई ईन्टरनेशनल ल्यांग्वेज सेन्टर’ चारनम्बरमा विद्यार्थीको आकर्षण बढ्दो, यी हुन सुविधा
  • मिलिजुली महिला दिदी वहिनी सेनेटरी प्याड उद्योग स्थापना
प्रतिक्रिया

यो पनि पढौँ

ट्रम्पले खोमिनीलाई दिए आत्मसमर्पणको सुझाव

११ महिनामा ७ लाख ६० हजारले लिए श्रम स्वीकृति, वैदेशिक रोजगारीमा बढोत्तरी

इजरायलबाट स्वदेश फर्किन इच्छुक नेपालीको नामावली संकलन सुरु

इजरायल-इरान युद्ध रोक्न आग्रह गर्दै काठमाडाैंमा मानवअधिकारकर्मीकाे प्रदर्शन

कर्मचारीको कुलिङ पिरियडबारे छलफलमा प्रधानमन्त्री

रास्वपाका दुई नेतामाथि रड प्रहार गर्ने कांग्रेसका वडाध्यक्ष फरार

इजरायलमा रहेका नेपालीको उद्धार गर्न दूतावासले सुरु गर्‍यो रजिष्ट्रेसन प्रक्रिया

मुग्लिन–नारायणगढ सडक : हायसमा ढुंगा खस्यो, एम्बुलेन्सको सिसा चर्कियो

सातै प्रदेशले ल्याए बजेट, कुन प्रदेशको कति ?

रास्वपाद्वारा आज पनि ‘सदन’मा नाराबाजी, बैठक स्थगित

४०० मुरी धान फलाएका कृषक अर्याललाई पालिकाले गर्यो सम्मान

इरानका नवनियुक्त सेना कमान्डरलाई मारेको इजरायलको दाबी

भर्खरै

  • वाणगंगामा लागूऔषधविरुद्ध सचेतनामूलक सडक नाटक सम्पन्न

  • ट्रम्पले खोमिनीलाई दिए आत्मसमर्पणको सुझाव

  • ११ महिनामा ७ लाख ६० हजारले लिए श्रम स्वीकृति, वैदेशिक रोजगारीमा बढोत्तरी

  • इजरायलबाट स्वदेश फर्किन इच्छुक नेपालीको नामावली संकलन सुरु

  • इजरायल-इरान युद्ध रोक्न आग्रह गर्दै काठमाडाैंमा मानवअधिकारकर्मीकाे प्रदर्शन

  • कर्मचारीको कुलिङ पिरियडबारे छलफलमा प्रधानमन्त्री

  • रास्वपाका दुई नेतामाथि रड प्रहार गर्ने कांग्रेसका वडाध्यक्ष फरार

  • इजरायलमा रहेका नेपालीको उद्धार गर्न दूतावासले सुरु गर्‍यो रजिष्ट्रेसन प्रक्रिया

  • मुग्लिन–नारायणगढ सडक : हायसमा ढुंगा खस्यो, एम्बुलेन्सको सिसा चर्कियो

  • सातै प्रदेशले ल्याए बजेट, कुन प्रदेशको कति ?


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, ९८६११११२६०

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

सामाजिक संजालमा हामी

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech