घरेलु तथा साना उद्योग कार्यालय कपिलवस्तुले मनायो विश्व उपभोक्ता दिवस

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

हरि आचार्य, कपिलवस्तु
घरेलु तथा साना उद्योग कार्यालय कपिलवस्तुले विश्व उपभोक्ता दिवस २०८० मनाएको छ । जिल्लाको चन्द्रौटामा एक कार्यक्रमको आयोजना गरि कार्यालयले विश्व उपभोक्ता दिवस मनाएको हो । स्वस्थ र प्रतिसपर्धी बजार, उपभोक्ताको सार्वभौम अधिकार भन्ने मुल नाराका साथ उक्त दिवस मनाईएको कार्यालयले जनाएको छ ।

कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सांसद अर्जुन केसीले विश्व उपभोक्ता दिवसको शुभकामना दिंदै उपभोक्ताहरुले उपभोग गर्ने वस्तु तथा सेवामा गुणस्तरीयता हुनुपर्नेमा जोड दिनुभयो । उहाँले उपभोक्ताले पनि आफुले प्रयोग गर्नुपर्ने वस्तुहरु विस्तृत अध्ययन गरेर मात्र प्रयोग गर्न अनुरोध गर्नुभयो ।

कार्यक्रममा घरेलु तथा साना उद्योग महासंघ कपिलवस्तुका अध्यक्ष फुल कुमारी श्रेष्ठ, चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष ईश्वरी पाण्डे, कपिलवस्तु व्यापार संघका अध्यक्ष महादेव पोख्रेल, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय कपिलवस्तुका प्रमुख रमेश दाहाल, जिवन विज्ञान देवदहका उपाध्यक्ष नमकान्त पाण्डे तथा उपभोक्ता हित संरक्षण मञ्च कपिलवस्तुका सदस्य शरद अधिकारी लगायतले मन्तब्य राख्दै उपभोक्ताको स्वास्थ्यसंग खेलवाड गर्न नहुने भन्दै सबै सरोकारवालाहरुले आ आफ्नो ठाउँबाट सकारात्मक भुमिका खेल्न आवश्यक रहेको बताउनुभयो ।

घरेलु तथा साना उद्योग कार्यालय कपिलवस्तुका उद्योग अधिकृत प्रेम बहादुर गौतमको अध्यक्षता, कपिलवस्तु व्यापार संघका उपाध्यक्ष जगत पौडेल, कार्यालयका सुचना अधिकृत बिष्णु पोख्रेल, पत्रकार, व्यवसायी तथा उपभोक्ताहरुको उपस्थिती तथा कार्यालयका लेखा अधिकृत पोस्टराज ज्ञवालीको स्वागत मन्तब्य तथा पत्रकार पुर्ण चन्द्र परियारको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

 

 


प्रकाशित : २०८० चैत्र ३, शनिबार १२:१८