
प्रकाश गौतम
रुपन्देहीको शुद्धोधन गाँउपालीका वडा नं ६ मा नेतृत्व विकास तथा प्रकोप ब्यबस्थापन तालीम आज बाट सुरु भएको छ । शुद्धोधन गाँउपालीका वडा नं ६ का वडा सदस्य अनि मौर्यको अध्यक्षता शुद्धोधन गाँउपालीका वडा नं ६ का वडा अध्यक्ष उपेन्द्र शहानीको प्रमुख आतिथ्यतामा कार्यक्रम सुरु भएको हो ।तालिम उद्घाटनका अवसरमा बोल्दै शुद्धोधन गाँउपालीका वडा नं ६ का वडा अध्यक्ष उपेन्द्र शहानीले वडामा बोल्न र नेतृत्व सक्नेहरुको क्षमता बृद्धिको लागी तालिमले भुमिका निर्वाह गर्ने गर्ने बताउनु भयो ।
उहांले टोल विकासको माध्यमबाट सामाजिक परिबर्तन गर्न सकिने भन्दै तालीम पछी समाजको नेतृत्व गर्ने गरि तयार हुन आग्रह गर्नु भयो ।शुद्धोधन गाँउपालीका वडा नं ६ का वडा सचिव हरिहर धोबि , नागेश्वर टोल बिकाश संस्थाका अध्यक्ष तुल्सीराम कडेल, मेहनावल केराबारी टोल बिकाश संस्थाका अध्यक्ष कैलास पती यादव लगायतले बोल्दै तालिम बाट सिकेका कुरालाई ब्यबाहारमा उर्तान आग्रह गर्नु भयो ।
शुद्धोधन गाँउपालीका वडा नं ६को आयोजना तथा लुम्बिनी मिडिया हवको समन्वयमा भएको कार्यक्रममा लुम्बिनी मिडिया हवका प्रमुख प्रकाश गौतमले कार्यक्रमको बिषयमाथि प्रकाश पार्नु भइको कार्यक्रममा वडा सचिव हरिहर धोबिले स्वागत तथा लुम्बिनी मिडिया हवका प्रशासन प्रमुख यमुना जि.सि चौधरीको सन्चालनमा भएको थियो ।