‘प्रथम तिलौराकोट गोल्डकप’ को उद्घाटनका लागि मन्त्री अधिकारी गृह जिल्ला आउँदै

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदस, कपिलवस्तु
भोलि चैत १७ गतेबाट बाट सुरु हुन लागेको प्रथम कपिलवस्तु (तिलौराकोट) गोल्डकपको उद्घाटन भूमि, व्यबस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले गर्ने भएका छन् । बुद्ध रंगशालामा दिउँसो २ बजे मन्त्री अधिकारीले गोल्डकपको उद्घाटन गर्ने आयोजक कपिलवस्तु फुटवल संघका अध्यक्ष तिलक थापाले बताए ।

यस्तै गोल्ड कपको समापन भने पूर्व बालबालिका तथा समाज कल्याण मन्त्री सुरेन्द्रराज आचार्यले गर्ने तय भएको थापाले बताए । खेलको समापन चैत्र २४ गते हुने छ । उद्घाटन खेलमा आयोजकको तर्फबाट कपिलवस्तु ११ र थ्रीस्टार क्लवले प्रपतस्पर्धा गर्ने संघले जनाएको छ ।
जिल्लामा पहिलोपटक आयोजना गरिएको यो नै फुटबलको सबैभन्दा ठुलो प्रतियोगिता हो ।

प्रतियोगितामा ए डिभिजनका थ्रीस्टार, मछिन्द्र्र, त्रिभुवन आर्मी र नेपाल पुलिस क्लवले सहभागिता जनाएका छन् भने मोफसल बाहिरका कपिलवस्तु ११ सहितका टिमले भाग लिँदैछन् । विजेताले ११ लाख ११ हजार १ सय ११ र उपविजेता टिमले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पाउने छन् ।


प्रकाशित : २०८० चैत्र १६, शुक्रबार १७:१०