तिलौराकोट गोल्ड कपः सेमिफाइनल प्रवेशका लागि आर्मी र सुदूरपश्चिम–११ भिड्दै

[sharethis-inline-buttons]

कपिलवस्तुमा जारी प्रथम तिलौराकोट गोल्ड कप फुटबलको अन्तिम क्वार्टरफाइनल खेल आज हुँदैछ।

आजको खेलमा विभागीय टोली त्रिभुवन आर्मी र सुदूरपश्चिम–११ भिड्नेछन्।

आजको विजेताले फाइनल प्रवेशका लागि हानामी बीएफीसँग चैत २२ मा खेल्ने छ। हनामीले आइतबार सम्पन्न खेलमा मछिन्द्र फुटबल क्लबलाई सडन डेथमा ५–४ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको थियो।

हिजो भएको खेलमा जित निकाल्दै विभागी टोली नेपाल पुलिस क्लब  गोल्ड कपको सेमिफाईनलमा पवेश गरेको छ।

कपिलवस्तुको वाणगंगा नगरपालिकास्थित बुद्ध रंगशालामा सोमबार सम्पन्न तेस्रो क्वाटरफाइनल खेलमा साहारा क्लबलाई १–० ले पराजित गर्दै पुलिस सेमिफाइनलमा पुगेको हो।

पुलिसका लागि एक मात्रै गोल शिशिर चौधरीले गरे। खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकेको थियो। दोस्रो हाफ शुरू भएको तीन मिनेटपछि शिशिरले गोल गरे। ज्ुन निर्णायक बन्यो।

खेलको म्यान अफ दी म्याच पुलिसका सञ्जित श्रेष्ठ भए। उनले १० हजार रुपैयाँ प्राप्त गरे।

कपिलवस्तु जिल्ला फुटबल संघको आयोजनामा भइरहेको प्रतियोगिताको फाइनल प्रवेशका लागि अब पुलिस र थ्रीस्टारबीच भोलि प्रतिस्पर्धा हुनेछ।

शनिबार भएको उद्घाटन खेलमा आयोजक कपिलवस्तु–११ लाई ३–० ले पराजित गर्दै थ्रीस्टार सिधै सेमिफाइनलमा पुगेको थियो।


प्रकाशित : २०८० चैत्र २०, मंगलवार १५:२४