लुदस, कपिलवस्तु
किसानका समस्याहरुलाई राष्ट्रले सम्बोधन गर्दै अगाडी बढेको लुम्बिनी प्रदेश सांसद गिरधारीलाल न्यौपानेले बताउनु भएको छ । बाणगंगा दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड बाणगंगा नगरपालिका वडा नम्बर ८ कपिलवस्तुको २२ औँ वार्षिक साधारण सभा तथा ९ औँ अधिवेशनलाई सम्बोद्धन गर्दै उहाँले यस्तो बताउनु भएको हो । ग्रामीण क्षेत्रका किसानले उत्पादन गरेको दूध र बजार सहज रुपमा व्यवस्थापन मिलाउन सके मात्रै देशको अर्थतन्त्र बलियो हुने उहाँले बताउनु भयो ।
आज देशमा प्रशस्त दूध हुर्दा हुर्दै पनि ठुला ठुला होटेलमा प्रयोग हुने दुध घिउ बाहिरको प्रयोग हुनु राष्ट्रका लागि दुखको कुरा रहेको बताउनु भयो । साथै उहाँले सरकारले पशुमा लाग्ने विभिन्न रोगहरुलाई पूर्ण रुपमा र्निमुल पार्न सकेमा बाहिर बाट आउने दुध रोक्न सकिने धारणा राख्नु भयो । प्रदेश सांसद न्यौपानेले पछिलो समय केहि बदनामी सहकारीहरुले गर्दा पनि राम्रा सहकारीमा समेत यसको असर पर्न सक्ने हुनाले यसमा सबैले जोड दिनु पर्ने बताउनु भयो ।
वाणगंगा नगरपालिकाका पशु शाखा प्रमुख राजकुमार तिवारिले बाणगंगा दुग्ध उत्पादक सहकारी संस्थाले किसानलाई गरेको सकारात्मक कामको प्रशंसा गर्नुभयो । साथै उहाँले किसानको समस्या एउटा संस्थाको मात्रै समस्या नभएर राष्ट्रकै समस्या रहेको बताउदै किसानका समस्यालाई राष्ट्रले सम्बोधन गर्नु पर्ने बताउनु भयो । हरेक संस्थाले उत्पादन सँगै विक्रि वितरणमा पनि जोड दिनु पर्ने उहाँको भनाई छ । साथै पशु शाखा प्रमुख तिवारीले नगरले किसान र कृषिको क्षेत्रमा धेरै राम्रा राम्रा काम गरेको बताउनु भयो । यता उहाँले भैसिमा लाग्ने रोग र उपचारको बारेमा समेत बताउनु भएको थियो ।
अध्यक्षको भनाई राख्दै संस्थाका अध्यक्ष राधेश्याम न्यौपानेले सहकारीको मर्म र भावनालाई आत्मसात गर्दै संस्था अगाडि बढेको बताउदै सेयर धनिको मुख्य पेसा पशुपालन रहेको बताउनु भयो । साथै उहाँले २०८०÷८१ को नीति तथा कार्यक्रमहरुको बारेमा बताउनु भएको थियो । उक्त कार्यक्रममा सचिव द्वारा प्रस्तुत वार्षिक प्रगति प्रतिवेदन सुर्य प्रसाद भण्डारीले प्रस्तुत गर्नु भएको थियो । भने व्यवस्थापकको प्रतिवेदन केशव कुँवर, लेखा समितिको प्रतिवेदन लेखा संयोजक बलराम पाण्डे र कोषाध्यक्षको प्रतिवेदन श्रीराम बेल्वासेले प्रस्तुत गर्नु भएको थियो ।
संस्थाले विभिन्न विदामा सम्मान समेत गरेको छ । वाणगंगा माविका प्राचार्य कुलराज पौडेल,mसंस्थाका सल्लाहकार हुमनाथ पौडेल लगायतले बोल्दै किसानको हकहितका लागि स्थापना भएको संस्थाले किसानको क्षेत्रमा काम गरेको बताउनु भयो । साथै दुग्ध सहकारी संस्था किसानका घरदैलो सम्म पुगेको संस्था भएको बताउदै किसानका आवाजलाई सधैं प्राथमिकता दिनु पर्नेमा जोड दिनुभयो । र अनुदान पाउँदा बास्तविक किसानले पाउनु पर्ने उहाँहरुको भनाई थियो ।
कार्यक्रममा वडा नम्बर ८ का वडा अध्यक्ष बाबुराम अर्याल, वडा सदस्यहरु सैलेन्द्र बेल्वासे, जुनादेवि थारु, सहकारी विज्ञ गुणानिधि भुसाल लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि,बुद्धिजिवि, सल्लाकारहरु किसान शेयर सदस्यहरुको उपस्थिती रहेको थियो ।
संस्थाका राधेश्याम न्यौपानेको अध्यक्षता, संस्थाका उपाध्यक्ष कृष्ण प्रसाद पौडेलको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन सुर्य प्रसाद भण्डारीले गर्नु भएको थियो ।