आवर विज्डमको २४ औं बार्षिक उत्सव : नतिजा प्रकाशन तथा पुरस्कार वितरण

[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
आवर विज्डम अंग्रेजी आवासीय माध्यमिक विद्यालय बाणगंगा १ बैरीया कपिलवस्तुको २४ औं बार्षिक उत्सव, नतिजा प्रकाशन तथा पुरस्कार वितरण समारोह सम्पन्न भएको छ । विद्यालयको प्रांगणमा भव्य कार्यक्रमको आयोजना गरि हिजो र आज गरि २४ औं बार्षिक उत्सव, नतिजा प्रकाशन तथा पुरस्कार वितरण समारोह सम्पन्न गरेको हो ।

कार्यक्रममा एक शैक्षिक सत्र भरि विभिन्न खेलकुद, अतिरिक्ति क्रियाकलाप तथा विभिन्न प्रतिस्पर्धाहरुमा भाग लिई उत्कृष्ट भएका विद्यार्थीहरुलाई शिल्ड, मेडल र पुरस्कार वितरण गरिएको छ । त्यस्तै कक्षा नर्सरी देखि कक्षा ९ सम्म विभिन्न विधागत तथा शैक्षिक पुरस्कार समेत प्रदान गरेको छ । कार्यक्रममा दिनभर विद्यार्थीहरु तथा शिक्षकहरुले मनोरञ्जनात्मक प्रस्तुती राखी उपस्थित अभिभावक तथा अतिथिहरुलाई मन्त्रमुग्ध पारेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै बाणगंगा नगरपालिका वडा नं. २ का वडाध्यक्ष बिष्णु पौडेलले नगरवासीलाई गुणस्तरिय शिक्षाका प्रदान गर्नका लागि नगरपालिका रात दिन नभनी लागिपरेको बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि नगर प्रवक्ता समेत रहनुभएका पौडेलले बाहिर आएजस्तो नगरपालिकाले सामुदायिक विद्यालयलाई संरक्षण र नीजि विद्यालयलाई वेवास्ता गरियो भन्ने भ्रमको पछि नलाग्न अनुरोध गर्नुभयो । उहाँले नगरपालिकाले शिक्षा संगै अन्य विकासका पुर्वाधार र नागरिक सचेतनाको अभियानलाई समान रुपमा निरन्तरता दिईरहेको बताउनुभयो ।

त्यस्तै कार्यक्रमका विशिष्ठ अतिथि विद्यालयका संस्थापक अध्यक्ष घनश्याम घिमिरे, प्याब्सन कपिलवस्तुका सहकोषाध्यक्ष दिपक अधिकारीले शुभकामना मन्तब्य राख्दै आवर विज्डम उत्कृष्ट विद्यालयको सुचिमा पर्न सफल रहेको बताउदै आगामी दिनमा निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै विद्यालयका अभिभावक पुर्ण चन्द्र परियार, बुद्धिसागर बेल्बासे, कृष्ण दर्लामी, राजकुमार चापागाई लगायतले मन्तब्य दिंदै आफुहरुले गरेको विश्वास अनुसार वालवालिकाले गुणस्तरिय शिक्षा प्राप्त गरेको बताउनुभयो ।

विद्यालयको शैक्षिक प्रतिवेदन विद्यालय संचालक कमला शर्मा न्यौपानेले प्रस्तुत गर्दै सुरुवात देखि अहिले सम्मको शैक्षिक गतिविधि, विद्यार्थीहरुका महत्वपुर्ण नतिजा, विद्यालयले प्राप्त गरेका अवार्डहरुको बारेमा जानकारी गराउनुभएको थियो ।

विद्यालयका प्राचार्य नारायण शर्माले विद्यालयलाई यो स्थान सम्म ल्याउनका लागि सहयोग गर्नुहुने सम्पुर्णलाई धन्यवाद दिंदै आगामी दिनमा पनि सहयोगको अपेक्षा गर्नुभयो । उहाँले विद्यार्थीहरुलाई गुणस्तरिय शिक्षा प्रदान गर्नका लागि कुनै कसर बाँकी नराख्ने बताउनुभयो ।

विद्यालयका अभिभावक मनोज पौडेलले कार्यक्रम सफल बनाउनका लगि सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद व्यक्त गर्नुभयो ।

अभिभावक मनोज पौडेलको अध्यक्षता रहेको कार्यक्रममा विद्यालयका पुर्व सञ्चालक, पुर्व शेयर सदस्य, अभिभावक, विद्यार्थी शिक्षक कर्मचारी, विद्यार्थी लगायतको उपस्थिती रहेको थियो भने विद्यालयका शिक्षक तारा प्रसाद पाण्डेको स्वागत तथा पत्रकार हरि आचार्यको सञ्चालन रहेको थियो ।


प्रकाशित : २०८० चैत्र २७, मंगलवार १९:४०