
लुदस, कपिलवस्तु
बैशाख १६ बाट कपिलवस्तुमा हात्तिपाइले बिरुद्धको औषधि खुवाउने अभियान अन्र्तगत १६ औं पटक संचालन गरिने भएको छ । सरकारले नै कपिलवस्तु सहित सातवटा जिल्लामा हात्तिपाइले बिरुद्धको औषधि खुवाउने कार्यक्रम संचालन गर्ने तयारी गरेको हो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाकाले हात्तिपाइले रोग निवारणका लागि जोखिम समूहमा रहेका कपिलवस्तु सहित सात जिल्लामा औषधि खुवाउने कार्यक्रम सञ्चालन हुन लागेको हो । कपिलवस्तु, रसुवा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा र झापा जिल्लामा आम औषधि सेवन कार्यक्रम चल्ने छ ।
कपिलवस्तु जिल्लाको वाणगंगा नगरपािलकाले हात्तिपाइले रोग निवारण अभियान एम डि ए २०८१ नगर स्तरीय अभिमुखिकरण कार्यक्रम गरेको छ । जसमा नगर भित्रका वडा अध्यक्ष, प्रअ र पत्रकारहरुको सहभागितामा भएको थियो । अभिमुखिकरण कार्यक्रममा नगर प्रमुख तथा कार्यक्रमका अध्यक्ष चक्रपाणी अर्यालले यो पटकको हात्तिपाइले औषधि वितरण कार्यक्रम नै अन्तिम हुने गरी अगाडि बढ्ने बताउनु भयो । समाजका बुद्धिजिवि र पहुच पुगेको व्यक्तिले औषधि सेवन नगरेको तथ्याङले देखाएको बताउदै अभियानलाई सफल बनाउन सबैसँग आग्रह गर्नु भयो । साथै उहाँले नगरमा यस वर्ष परिक्षण गर्दा हातिपाईले रोग कसैमा नभेटिएको बताउदै नगर यस रोगमा अहिले शुन्य रहेको बताउनु भयो ।
नगर उपप्रमुख रिता कुमारी थारुले समाजमा बुद्धिजीवी मान्छेबाट नै अलिकति नराम्रा हल्ला गर्दा कतै कतै अफठारो परिस्थिति सृजना भएको बताउनु भयो । सामाज रुपान्तरण गर्न समाजका हरेक व्यक्ति स्वास्थ हुन आवश्यक रहेको बताउदै सबैलाई औषधि खान पनि आग्रह गर्नु भयो । १६ औ पटको अभियान सफल पार्न सबैले आ आफ्नो ठाउँबाट पहल गर्न समेत आग्रह गर्नु भयो ।
नगरका प्रमख प्रशासकिय अधिकृत भक्तिराम मरासिनिले किन खाने भन्दा पनि सबैले खानै पर्ने गरि लाग्न सबैले सुचना प्रवाह गर्नु पर्ने बताउदै कुरामा भन्दा पनि व्यवहारमा लाग्न आग्रह भयो । उहाँले यो अभियानमा पत्रकारलाई धेरै भन्दा धेरै सुचना प्रवाह गर्न समेत आग्रह गर्नु भयो । साथै प्रमुख प्रसासकिय अधिकृत मरासिनीले औषधी वितरण गर्दा घरमा पोको पारेर होइन प्रत्येक व्यक्तिका मुखमा औषधि पुग्ने गरि लाग्न सबैलाई आग्रह गर्नु भयो । साथै उहाँले फरक प्रसंगमा बोल्दै बजेट निमार्ण गर्दा पनि प्रत्येक नागरिकको घरदैलोमा जानू पर्ने बताउनु भयो ।
जिल्लाका सबै पालिकामा सबैपक्षको सहकार्यमा अभियानले अन्तिम नतिजामुख रहने गरि अभियान संचालन गरिने स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख नारायण प्रसाद चौधरीले बताउनु भयो । राज्यले गरेको राम्रा कार्यमा हामी सबै जिम्मेवार हुन आवश्यक रहको उहाँले बताउनु भयो । साथै उहाँले अहिलेसम्म कुनै पनि अध्ययनले हातिपाईलेको औसधि खादा मृत्युको अवस्था सृजना नभएको हुदा ढुक्क भएर औषधी खानुपर्ने जोड दिनु भयो ।
नगरका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले स्वागत मन्तव्य राख्दै कार्यक्रमको उदेश्यबारे बताउनु भएको थियो ।
जिल्ला परियोजना संयोजक निशान कुंवरले हात्तिपाइल रोगको बारे र रोगलाई निवारण कसरी गर्न सकिन्छ लगायको बारेमा बताउनु भएको थियो । अभियान बैशाख १६ मा १६औं पटक र अन्तिम पटक हुने गरि जिम्मेवार व्यक्ती मिलेर लाग्नु पर्ने बताउनु भयो । यता वडाको तर्फबाट वडा नम्बर ७ का वडा अध्यक्ष विष्णु गिरि र विद्यालयको प्रअको तर्फबाट जनता मावि पिपराका प्रअ रमेश पन्थी र पत्रकारबाट बाबुराम रायमाझीले बोल्दै आ आफनो जिम्मेबारी अनुसार लाग्ने प्रतिबद्धता जनाउनु भयो ।
स्वास्थ्य शाखाका अधिकृत भक्तिराम पाण्डेको संचालनमा सम्पन्न भएको कार्यक्रममा नगरका वडाअध्यक्षहरु,शिक्षा शाखा प्रमुख खिमबाहादु जिसि,नगरका प्रअ र पत्रकारहरुको उपस्थित रहेको थियो । वैशाखमा सात वटा जिल्लाका ५० लाख ७८ हजार जनालाई औषधि खुवाउने लक्ष्य लिइएको छ । यसका लागि ६ हजार स्वास्थ्यकर्मी र ५ हजार ८ सय स्वंसेविका परिचालन हुनेछन् ।

