सहकारीलाई ब्यवस्थित बनाउन अधिकार सम्पन्न प्राधिकरण गठनको प्रक्रियामा : मन्त्री अधिकारी

[sharethis-inline-buttons]

लुदस, कपिलवस्तु
भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले सहकारी क्षेत्रलाई ब्यवस्थित बनाउन शक्तिशालि प्राधिकरण गठन प्रकियामा सरकार रहेको बताउनु भएको छ । मन्त्री अधिकारीले सहकारी प्रति समुदायको अपनत्व ग्रहणका निम्ति सरकारले कर्जा असुली न्याधिकरण, सूचना केन्द्र गठनका निम्ति कानूनी प्रक्रिया अगाडी बढाइएको बताउनु भयो । मन्त्री अधिकारीले गृह जिल्ला कपिलवस्तुको बाणगंगा खानेपानि तथा सरसफाई संस्था, नन्दनगरद्धारा आयोजित मन्त्रीको स्वागत, बधाई तथा शुभकामना आद्रान प्रदान कार्यक्रममा यस्तो धारणा राख्नु भएको हो ।

सोही कार्यक्रममा बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालले १५ हजार घरधुरीमा स्वच्छ खानेपानि उपलब्ध गराएको बताउनु भयो । नगर प्रमुख अर्यालले नगर भित्रका खानेपानि संस्थाहरुलाई सफ्टवय जडानमा समेत सहयोग पु¥याइएको बताउनु भयो । कार्यक्रममा एमाले जिल्ला अध्यक्ष डम्मर शर्मा, कपिलवस्तु बहुउद्देश्यीय संघका उपाध्यक्ष द्रोणराज सुवेदी लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बाणगंगा खानेपानि तथा सरसफाई संस्था, नन्दनगरका अध्यक्ष विश्व कार्कीले संस्थाको बारेमा विस्तृत विवरण प्रस्तुत गनुर्. भएको थियो । कार्यक्रममा मन्त्री अधिकारीलाई संस्थाका अध्यक्ष विश्व कार्कीले मायाको चिनो प्रदान गर्नु भएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष विश्व कार्कीको अध्यक्षता,.कोषाध्यक्ष गोविन्द चौधरीको स्वागत मन्तब्य र सचिव हिमलाल अधिकारीको संचालनमा सम्पन्न भएको थियो ।


प्रकाशित : २०८१ बैशाख ४, मंगलवार १७:०२