‘१३५ औं में दिवस र मजदुर आन्दोलन’

[sharethis-inline-buttons]

केर सिंह अदै, कपिलवस्तु

आज हामीले १३५ औं में दिवस मनाउन गइरहेका छौ, आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन को माग राखेर अमेरिकाको सिकाको शहरमा सन १८८६ में १ तारीख मजदुर हरुले सशक्त आन्दोलन सुरु गरेको दिन हो ।

बिहान सूर्योदय नहुँदै मजदुर हरु काम मा जान्थे, र साझ सुर्य अस्ताए पछि घरमा फर्कन्थे, १८÷२० घण्टा सम्म काम गर्नु पर्दथ्यो, मजदुर हरु अशिक्षित, निम्न चेतना स्तर, कडा परिश्रम गर्नु पर्ने, निम्न स्तरको खानपिनले जीवन गुजार्न विवश थिए, मजदुर हरुमा राज नैतिक, दार्शनिक चेतना थिएन, पूँजीपति हरुको शोषणको कारणले यो अवस्था भएको हो भन्ने ज्ञान थिएन । परमेश्वर ले नै हामीलाई पापको फल दिएका हुन, भन्ने धारणा थियो ।

त्यति बेलाका धार्मिक गुरुहरुले अघिल्लो जुनीमा पाप गरेको हुनाले मजदुर भएर जन्मिएको भनेर पाठ पढाउँथे, तिनीहरूले जति धेरै मालिकको सेवा गर्यो उति धेरै अर्को जुनीमा खुसी हुने धार्मिक प्रचलन थियो । मजदुर हरु आफ्नो काम र कष्टकर जीवन देखि दिक्क भयर दुस्मन यही मेसिन हो भनेर मेसिनलाई घनले ठोक्न थाले, आक्रोस व्यक्त गर्न थाले त्यती बेला आफूलाई शोषण गर्ने पूँजीपतिहरु हुन भनेर कल्पना पनि गर्दैनथे, ई.स. १८१२ मा बेलायत सरकारले मेसिनमा घन ठोक्ने मजदुर लाई मृत्यु दण्डको सजाय दिने घोषणा गर्यो, यस पछि मजदुर हरु नरम भई उनीहरूमा संगठन र एकता हुनु पर्ने चेतना पैदा भयो ।

मालिकहरुलाई माग राख्न थाले, पूँजीपतिले सुन्दैनथे, उन्नाइसौं शताब्दीको पुर्वाधमा फ्रान्स र बेलायतमा केही काल्पनिक समाजवादी विचारक हरु पैदा भए, रोबर्ट ओमेन १७७१/१८५८ सेन्ट साइमन १७६०/१८२५ चल्स फुरिय १७७२/१८३७ यिनीहरूले मजदुर हरुको हक हित को नारा, समाजवादको नारा दिएर मजदुरहरुलाई संगठित गर्न थाले ।

यिनीहरूको समाजवादी दर्शन पूँजीपतिसंग मिलेर हक लिनु पर्दछ, माग पत्र दिनु पर्छ, मालिकले पूरा गरिदिन्छन् , सबै मनुष्य भाई भाई भन्ने थियो, यी वैज्ञानिकहरुले मजदुरहरुको मुक्तिको लागि वैज्ञानिक विधि दिन सकेनन्, तर मजदुर आन्दोलन भै रहन्थ्यो, फ्रान्सको लियोनमा सन् १८३१ मा मजदुर विद्रोह भएको थियो काम गरेर बाँच वा लड्दा लड्दै मर भन्ने नारा दिएर १० दिन सम्म काला झण्डा देखाएका थिए, सन् १८३४ मा पनि फेरि विद्रोह भएको थियो, बेलायतमा भएको चर्चित मजदुर आन्दोलन मजदुरहरुको मत अधिकार, उम्मेदवार बन्न पाउनु पर्छ, संसदमा मजदुर प्रतिनिधि पठाउनु पर्दछ भन्ने माग थियो, कामको घण्टा कटौती, ज्याला वृद्धिको माग साथमा हुन्थे ।

जब सन् १८४८ मा कार्ल माक्र्स र एंगेल्सलेले कम्युनिष्ट घोषणा पत्र सार्वजनिक गर्नु भयो, त्यो घोषणा पत्रले संसारका मजदुर एक हौं भन्ने नारा दिए, घोषणा पत्रमा मजदुरहरु दुखी हुनुको सही र वैज्ञानिक कारण पूँजीपति वर्गको शोषण भएको बताए, कार्ल माक्र्स र एंगेल्सले राजनीति र समाज विज्ञानमा एक नयाँ वैज्ञानिक समाजवाद र उच्च विचारको सम्प्रेषण गरे, यो कम्युनिष्ट घोषणा पत्र मजदुर मुक्ति र कम्युनिष्ट आन्दोलनको जग मानिन्छ जसको कारणले विश्वमा ठूलो हलचल पैदा भयो, गरीब किसान मजदुर वर्गको मुक्तिको हतियार बन्यो, कम्युनिष्ट घोषणा पत्र आए पछि मजदुर संगठनहरु नयाँ ढंगबाट अगाडि बढ्न थाले, फ्रान्स र बेलायतका मजदुरहरुको पहलमा सन् १८६४ मा लन्डनमा प्रथम कम्युनिष्ट अन्तर्राष्ट्रिय स्थापना भयो । मजदुर आन्दोलनको समीक्षा, भोगेका कष्ट, संघर्षको संस्लेषण् गरेका थिए, संसारका मजदुर मजदुर एक हौ भन्ने नारालाई व्यवहारिक रूप दिने प्रयत्न गरिएको थियो, यो सम्मेलन मा कार्ल माक्स र एंगेल्सले मुख्य भूमिका निभाएका थिए ।

यसपछि मजदुर संगठनमा नयाँ जागर आयो, फ्रान्समा पेरिस कम्युन र मजदुर सरकार पनि गठन भयो, सन् १८७७ मा अमेरिकामा रेल मजदुरहरुले आठ घण्टा कामको माग राखेर आम हड्ताल गरे ।
में १ सन् १८८६ मा अमेरिकाको सिकाको शहरमा आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको माग राखेर मजदुरहरुले सशक्तआन्दोलन गरे, पहिलो दिन ४० हजार मजदुरले भाग लिए । द्रोसो दिन ८० हजारले भाग लिए, तेस्रो दिन एक लाख मजदुरले भाग लिए ।

सरकारले गोली चलाउने आदेश दियो ४ जना सहिद भए, ५० जना घाइते भए । में १४ मा झन् ठूलो प्रदर्शन भयो, मजदुरको यो आन्दोलनले अन्तर्राष्ट्रिय रूप लियो, सन् १८८९ मा पेरिसमा ए ङलेसको नेतृत्वमा द्धीतिय अन्तराष्ट्रिय गठन भयो यसले समग्र मजदुर आन्दोलनको समीक्षा गर्दै में १ लाई अन्तर्राष्ट्रिय रूपमा मनाउने निर्णय गरियो, १९९० देखि सबै ठाउँ लागू भयो ।

यसरी मजदुरहरुको रगत पसिना बात हामीले पाएको अधिकार आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जको समयलाई उपयोग गर्दै सम्पूर्ण सहिद हरुप्रति हार्दिक श्रदान्जली अर्पण गर्दछौं ।


प्रकाशित : २०८१ बैशाख १९, बुधबार ०६:४९