एमाले कपिलवस्तुद्धारा एकै साथ अधिवेशन प्रतिनिधी छनोट, बाणगंगामा मात्रै १ सय २०

[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
नेपाल कम्युनिष्ट पार्टी (एमाले) कपिलवस्तुको दशौं जिल्ला अधिवेशनका लागि प्रतिनिधी छनोट गरेको छ । अधिवेशनका लागि प्रतिनिधी छनोटको एउटै समय ११ः०० बजे तय गरिएको र अधिवेशनका लागि करिव ५ सय बढी प्रतिनिधी चयन भएको एमाले जिल्ला संगठन विभागले जनाएको छ । बैशाख २६ र २७ गते सुन्दर औद्योगिक नगरी चन्द्रौटामा आयोजना हुने जिल्ला अधिवेशनको उद्घाटन पूर्व प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष के.पी.शर्मा ओलीले गर्नु हुने एमाले जिल्ला अध्यक्ष डम्मर शर्माले जानकारी दिनु भयो ।

यता बाणगंगा नगरपालिकाबाट मात्रै १ सय २० जना प्रतिनिधि जिल्ला अधिवेशनमा सहभागी हुने पार्टीका प्रचार विभाग प्रमुख लक्ष्मण बेल्बासेले जानकारी दिनुभयो ।


प्रकाशित : २०८१ बैशाख १९, बुधबार १७:५६