बुद्धभूमि नगरद्धारा सहकारीकर्मीलाई व्यक्तित्व विकास तथा उद्घोेषण तालिम प्रदान

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

हरि आचार्य, कपिलवस्तु
कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले सहकारीकर्मीहरुलाई व्यक्तित्व विकास तथा उद्घोेषण तालिम प्रदान गरेको छ । नगरपालिकाले गोरुसिंगेमा सहकारीकर्मीहरुलाई ५ दिने व्यक्तित्व विकास तथा उद्घोेषण तालिम प्रदान गरेको हो । नगरपालिकाका सहकारीहरुलाई व्यवस्थित, मजबुत र सक्रिय रुपमा अगाडि बढाई सुशासनको विकासका लागि उक्त तालिम प्रदान गरेको नगरपालिकाका उद्योग वाणिज्य तथा सहकारी शाखा प्रमुख विजय भुसालले जानकारी दिनुभयो ।

तालिममा लुम्बिनी दर्पण साप्ताहिकका व्यबस्थापक पुर्ण चन्द्र पयिार, रेडियो मायादेवीका सहायक स्टेशन म्यानेजर हरि आचार्यले प्रशिक्षण प्रदान गरेका थिए ।

तालिममा उद्घोषण, सार्वजनिक भाषण कला, असल र कुशल उद्घोषणमा हुनुपर्ने गुणहरु, कार्यक्रम सञ्चालनको विधि, तालिका लगायत नेतृत्व तथा व्यक्तित्व विकास सम्बन्धि प्रशिक्षण प्रदान गरिएको थियो ।

समापन कार्यक्रमलाई सम्बोधन गर्दै बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले नगरपालिकाको आर्थिक तथा सामाजिक विकासका लागि सहकारीहरुको अहम भुमिका रहेको बताउनुभयो । उहाँले यो तालिमले सहकारीकर्मीहरुको क्षमता विकास भएको विश्वास व्यक्त गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका नगर प्रमुख श्रेष्ठले केहि सहकारीको बद्मासीका कारण सुशासन युक्त सहकारी माथि पनि शंका उत्पन्न भएको बताउँदै आफ्ना शेयर सदस्यहरुको मन जत्ने गरि काम गर्न निर्देशन दिनुभयो ।

त्यस्तै नगरपालिकाका उद्योग वाणिज्य तथा सहकारी शाखा प्रमुख विजय भुसालले नगरपालिका सहकारीहरुको नियमनकारी निकाय मात्र नभई संरक्षण, प्रवद्र्धन र सहयोग गर्ने पनि निकाय भएको बताउनुभयो । भुसालले यो तालिमले व्यक्तित्व तथा उद्घोषण गर्ने क्षमतामा वृद्धि भएको भन्दै तालिममा सिकेका ज्ञानलाई व्यवहारमा उतार्न अनुरोध गर्नुभयो । उहाँले आगामि दिनमा सहकारीकर्मीहरुलाई लेखा व्यवस्थापन, अन्तरक्रिया जस्ता कार्यक्रम गर्ने बताउनुभयो ।

कार्यक्रमका अतिथि ईन्जिनियर शिव खनालले तालिम निकै प्रभावकारी रहेको बताउदै सिकेका कुरा व्यवहारमा उतानुपर्नेमा जोड दिनुभयो । उहाँले मानिसको पहिलो प्रभाव बोलिबाट पर्ने भएकाले यस्ता तालिम आवश्यक रहेको बताउनुभयो ।

त्यस्तै सहभागी शेर बहादुर विक र साबित्रा पौडेलले तालिम निकै प्रभावकारी भएको र तालिमबाट महत्वपुर्ण ज्ञान प्राप्त गर्न सफल भएको बताउदै प्रशिक्षक र नगरपालिकालाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । उहाँहरुले आगामी दिनमा पनि नगरपालिकाले सहकारीहरुको प्रवद्र्धन हुने क्षमता विकासका कार्यक्रम ल्याउन अनुरोध गर्नुभएको थियो ।

 


प्रकाशित : २०८१ बैशाख २२, शनिबार १४:३६