ताजा अपडेट

राष्ट्रिय संगीतकर्मी संघ अर्घाखाँचीको अध्यक्षमा तेजेन्द्र सम्शेर पाण्डेय निर्वाचित

बाणगंगा–७ मा ससुराली आएका युवक बेपत्ता, खोजीमा सहयोग गर्न परिवारको अपिल

डेंगी नियन्त्रणमा वाणगंगा सक्रिय : घर–घर खोजपड्तालदेखि जनचेतनासम्म

नागढुङ्गा सुरुङमार्गको उदघाटन, शुरुमा अत्यावश्यक गाडीलाई मात्रै अनुमति

सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

एकादशीको पावन अवसरमा कपिलवस्तुमा ‘युवा भजन साँझ–२०८३’ हुँदै

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

७ औं बर्षमा पनि बाणगंगाको ७ नं. वडा योजना सञ्चालनमा अगाडी (तथ्यांक सहित)

Lumbini Darpan 2 २०८१ बैशाख २६, बुधबार ०८:२४
[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
नयाँ /नयाँ रचनात्मक र सिर्जनात्मक काम गर्दै विकासका योजनाहरु अरु वडा भन्दा छिटो छरितो सम्पन्न गर्दै आएको कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका ७ नं. वडाले यस बर्ष पनि आफ्नो पहिचान अग्रस्थानमा कायम गर्न सफल भएको छ । चालु आर्थिक बर्ष २०८०/०८१ मा पनि अन्य वडाहरु भन्दा बढी योजनाहरु छनौट गरेको ७ नं. वडाले नै छिटो छरितो योजनाहरु सञ्चालन, अनुगमन र फर्स्यौट (निकासा) गर्न नगरपालिकामै रेकर्ड कायम गरेको छ ।

थोरै योजना छनौट गरेका वडाले छिटो छरितो योजना सक्नुपर्नेमा धेरै योजना छनौट गरेको वडाले छिटो योजना सम्पन्न गरि जनतालाई विकासको अनुभुति दिलाएको छ । योजना सम्पन्न गर्नमा सानो वडा र ठुलो वडा भन्ने हुंदैन । किनकी योजनाहरु सञ्चालन र फरफारक गर्ने विधि र प्रक्रिया सबैको एउटै हुन्छ । तसर्थ ७ नं. वडा विकासमा अब्बल सावित भएको नगरपालिकाको तथ्यांकले देखाएको छ ।
बाणगंगा नगरपालिकाबाट प्राप्त तथ्यांक अनुसार २०८० श्रावण १ देखि बैशाख २५ गते सम्मको वडागत योजना फर्स्यौट (निकासा) को प्रगति ८१.४२ प्रतिशत रहेको छ ।

तथ्यांकलाई विश्लेषण गर्दा अब आगामी आर्थिक बर्ष २०८१/०८२ का लागि योजना बनाउने बेला भईसकेको छ । तसर्थ चालु आर्थिक बर्षको योजना सम्पन्न गर्न पछाडि परेका वडाहरुले कसरी शत प्रतिशत योजना सम्पन्न गर्लान् ? चासोको बिषय बनेको छ । बाणगंगा नगरपालिकाको २०८१ बैशाख २५ सम्मको वडागत प्रगति हेर्दा ७ नम्बर वडाको ८१.४२ प्रतिशत रहेको छ । वडा नं. ९ भने प्रगति ६६ प्रतिशत पु–याई दोस्रो हुन सफल भएको छ भने अन्य वडाको प्रगति २६ देखि ४९ प्रतिशत रहेको छ ।

हरेक बर्षको योजनाहरु संचालनको ट्रेनलाई हेर्दा र विकासको अनुभुति जनता समक्ष छिटो लैजाने गतिलाई नियाल्दा वडा नं. ७ का वडाध्यक्ष बिष्णु गिरीले बार्षिक योजनाका कार्यहरु सञ्चालनका लागि समयमै भेलाहरु गरि निर्माण उपभोक्ता समिति गठन गर्ने, प्राविधिक स्टिमेट गर्न लगाउने, नगरपालिकामा गई योजना सम्झौता गर्ने, योजनाका कामहरु अगाडि बढाउने, काम सम्पन्न हुना साथ प्राविधिक मुल्यांकन गराउने, अनुगमन गराईहाल्ने र फाईल तुरुन्त नगरपालिका पेश गराई निकाशा लिई फर्स्यौट गर्ने गराउने गरेको देखिन्छ । अघिल्लो २०७४ को स्थानीय तहको निर्वाचनमा पनि वडा नं. ७ को वडाध्यक्षमा बिष्णु गिरी निर्वाचित भई आफ्नो ५ बर्षे कार्यकालमा पनि योजना संचालन लगायत अन्य हरेक पक्षमा बाणगंगा नगरपालिकामै चुस्त दु्रस्त रहनुभएको थियो ।

उहाँले अघिल्लो कार्यकालमा पनि वडामा निकै रचनात्मक, सिर्जनात्मक र जनमुखी एवम् प्रभावकारी काम गरि जनताका सामु आफ्नो प्रभाव छाड्नुभएको थियो । वडाका सुत्केरी महिलाहरुलाई पौष्टिक आहार अन्तर्गत कुखुराको भनले, घिउ, मह, अण्डा वितरण, १ घर १ कागती, १ घर १ हजारी, फुसको छानो हटाऔं, कर्कटपाता लगाऔं अभियान, गरिब दलित परियार सेवा समाजलाई पञ्चेबाजा वितरण, घर आंगन सरसफाई फुल लगाई सिंगार्ने महिलाहरुलाई गमला फुल पुरस्कार र सम्मानन, वडा भित्रका ३ महिने सिलाईकटाई तालिम गरेका सबै महिलाहरुलाई आत्मनिर्भर बनाउन सिलाई मेसिन प्रदान जस्ता जनमुखी कार्यहरु गर्नुभएको थियो । त्यस्तै अपांगता भएका व्यक्ति तथा एकल महिलाहरुलाई ब्याउने बाख्रा वितरण, सामुदायिक विद्यालका सबै बालबालिकाहरुलाई जाडोमा न्यानो स्विटर, शैक्षिक सामागी्र वितरण गरि चर्चामा आउनुभएको थियो ।

यो बर्षका योजना अबको केहि दिनमा सकाउने र एकोहोरो भई आगामी आर्थिक बर्षका लागि योजना निर्माण तर्फ केन्द्रित हुने वडाध्यक्ष बिष्णु गिरी बताउनुहुन्छ । अघिल्लो कार्यकालमा पनि ७ नम्बर वडा योजना छिटो छरितो संचालन गर्न अगाडि रहेको वडा ७ बर्ष नै बाणगंगा नगरपालिकामा अगाडि रहेको छ भने दोस्रो कार्यकालको दोस्रो बर्ष पनि सोहि वडा नै पहिलो भएको छ ।

हरेक बर्ष बाणगंगा नगरपालिकामै विकासमा अगाडि आउनुमा के राज छ ? भनी वडाध्यक्ष गिरीलाई प्रश्न गर्दा वडाका जनप्रतिनिधि, टोल विकास संस्था र कर्मचारीहरुको सक्रियता र जनताको साथ छ । जिम्मेवारी लिईसके पछि पुरा गर्नपर्छ, जनताको अमुल्य मतलाई खेर फाल्नु हुंदैन भन्ने सोंचेर सोहि अनुसार आफु अहोरात्र खटेर काम गरेकाले यो नतिजा आउन सफल भएको लुम्बिनी दर्पणलाई बताउनुहुन्छ ।

अघिल्लो ५ बर्षे कार्यकाल र पछिल्लो निर्वाचनको दोस्रो बर्ष पनि यी सबै कामले वडाध्यक्ष बिष्णु गिरी एक कुशल जनप्रतिनिधिको रुपमा स्थापित भई जनतालाई स्थानीय सरकारको अनुभुति दिलाउन सफल हुनुभएको वडावासीले बताएका छन् । वडाध्यक्ष गिरीले चालु आर्थिक बर्षको बांकी २ महिनाको अवधिमा बैशाख सम्ममा १०० प्रतिशत योजना सम्पन्न गरि जेठ र असारमा आगामि आर्थिक बर्ष २०८१/०८२ का लागि नयाँ योजनाहरु संकलन, छनोट र बजेट विनियोजन गर्ने लुम्बिनी दर्पणलाई बताउनुभयो ।

वडा नं. ७ मा वडाध्यक्ष गिरी सहित वडा सदस्यहरु मुम बहादुर पाण्डे, हरि शंकर पौडेल, सावित्रा थारु र पार्वती सुनारको जनप्रतिनिधिको टिमले सक्रियता पुर्वक वडावासीको चाहाना अनुरुप काम गर्नका लागि खटिरहेको वडावासी तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले लुम्बिनी दर्पणलाई बताएका छन् ।


प्रकाशित : २०८१ बैशाख २६, बुधबार ०८:२४

Lumbini Darpan 2

लेखकबाट थप

  • प्राविधिक शिक्षाकाे हव कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा अभिमुखीकरण
  • मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण
  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न
  • कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश
  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध
प्रतिक्रिया

यो पनि पढौँ

राष्ट्रिय संगीतकर्मी संघ अर्घाखाँचीको अध्यक्षमा तेजेन्द्र सम्शेर पाण्डेय निर्वाचित

बाणगंगा–७ मा ससुराली आएका युवक बेपत्ता, खोजीमा सहयोग गर्न परिवारको अपिल

डेंगी नियन्त्रणमा वाणगंगा सक्रिय : घर–घर खोजपड्तालदेखि जनचेतनासम्म

नागढुङ्गा सुरुङमार्गको उदघाटन, शुरुमा अत्यावश्यक गाडीलाई मात्रै अनुमति

सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

एकादशीको पावन अवसरमा कपिलवस्तुमा ‘युवा भजन साँझ–२०८३’ हुँदै

श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

सुनचाँदीको मुल्य बढ्यो

अर्थमन्त्री वाग्लेलाई सहभागी नगराई प्रधानमन्त्री बालेनको व्यवसायीसँग निरन्तर छलफल

भर्खरै

  • राष्ट्रिय संगीतकर्मी संघ अर्घाखाँचीको अध्यक्षमा तेजेन्द्र सम्शेर पाण्डेय निर्वाचित

  • बाणगंगा–७ मा ससुराली आएका युवक बेपत्ता, खोजीमा सहयोग गर्न परिवारको अपिल

  • डेंगी नियन्त्रणमा वाणगंगा सक्रिय : घर–घर खोजपड्तालदेखि जनचेतनासम्म

  • नागढुङ्गा सुरुङमार्गको उदघाटन, शुरुमा अत्यावश्यक गाडीलाई मात्रै अनुमति

  • सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

  • लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

  • नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

  • हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

  • एकादशीको पावन अवसरमा कपिलवस्तुमा ‘युवा भजन साँझ–२०८३’ हुँदै

  • श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech