कपिलवस्तुको कोइली खोलाले बगाएर १ जनाको मृत्यु

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदस, कपिलवस्तु
कपिलवस्तुको बाणगंगा नगरपालिका– ७ स्थित कोइली खोलाले बगाउँदा एकजनाको मृत्यु भएको छ। दाउरा संकलन गर्ने क्रममा वाणगङ्गा नगरपालिका कपिलधाम नजिकै शव फेला परेको छ।

सुकुम्बासी टोलका स्थानीय ४० वर्षीय लौटन थारुलाई आइतबार बिहान खोलाले बगाएर ल्याएका दाउरा संकलन गर्ने क्रममा कोइली खोलामा आएको बाढीले बगाएको हो।

लौटनलाई बाढीले बगाएर मृत्यु भएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक गोपालजंग रायमाझीले लुम्बिनी दर्पणलाई बताउनुभयो । लौटनको शव बगाएको ठाउँबाट २ किलोमिटरको दूरीमा शव फेला परेको रायमाझीले बताउनुभयो ।


प्रकाशित : २०८१ बैशाख ३०, आईतवार १४:४३