
तिलोत्तमा नरपालिकामा थप दोस्रो फेज अन्तर्गत तिलोत्तमा १० को बेबरा देखि कान्छी बजार सडक निर्माण सुरुवात भएको छ । सडक निर्माणको एक कार्यक्रमका विच तिलोत्तमा नरपालिकाका नगर प्रमुख रामकृष्ण खाँणले शुभारम्भ गर्नु भएको छ । उहाका अनुसार विश्व बैंकको सहयोगबाट कान्छी बजार देखि मंगलापुरसम्मको ५ किलोमिटर सडक निर्माण गर्दा ठेक्का रकम जोगाएर नयाँ सडकको काम सुरुवात गरिएको बताउनु भयो । सडक निर्माण पछि बेबरी क्षेत्रमा उत्पादन भएका कृषिजन्य उत्पादनलाई मंगलापुर, मणिग्राम, कान्छी बजार लगायतका क्षेत्रमा बिक्री वितरण गर्न सहयोग पुग्ने नगर प्रमुख खाँणको भनाई छ ।
तिलोत्तमा नगरपालिकाका बरिष्ठ ईन्जीनियर प्रदिप वनका अनुसार १९ करोड १७ लाख ७६ हजार ५ सय १९।८७ रूपैयाँ लागतमा ठेक्का सम्झौता भएको हो । बेबरा देखि कान्छी बजार क्षेत्रमा निर्माण हुन लागेको उक्त सडकको बीएन पीईए जेभी बानेश्वरले ठेक्का पाएको हो । जस अनुसार २९ अप्रील २०२४ मा निर्माण सुरु भई २८ मे २०२५ अथार्थत १ बर्ष ३ महिनामा सडक निर्माण पुरा गर्नुपर्ने सम्झौतामा उल्लेख भएको छ ।
सयममा नै निर्माण काम पुरा गर्ने गरी निर्माण सम्झौता गरिएको र निर्माण कम्पनीले समयमा नै निर्माण पुरा हुनेमा आफू विश्वस्त भएको बरिष्ठ ईन्जियियर वनको भनाई छ । सडक निर्माणको लागि कुनै पनि साईड अवरोध लगायतका कुनै समस्या नभएको कारण समयमा नै पुरा हुने मा आफू विश्वस्त भएको ईन्जीनयर वनको भनाइ छ ।
यस्तै तिलोत्तमा नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष गोपाल प्रसाद घिमिरेले नगरपालिका देखि पछाडी परेको क्षेत्रको रूपमा तिलोत्तमा १० रहेको भन्दै सडक पूर्वाधार निर्माण पछि विकासको गति पाउने अपेक्षा लिइएको बताउनु भयो ।
वडा नम्बर १० को बेबरा क्षेत्रमा थारु समुदायका बाहुल्यता भएको कारण स्थानीय उत्पादन, कृषि जन्य उत्पादन बजारीकरणको लागि समेत सहज हुने अपेक्षा वडा अध्यक्ष अधिकारीले लिएको बताउनु भयो । विश्व बैंकको सहयोगमा २०७९ चैत १६ गते मंगलापुर देखि कान्छी बजार सम्मको सडक विस्तार, स्तरोन्नतीको लागि शिलन्यास भएको थियो । तिलोत्तमा ९ मंगलापुरदेखि कान्छी बजार जोड्ने ४ दशमलव ८६ किलोमिटर लम्बाइको सडकको विश्व बैकका कन्ट्री म्यानेजर फारिस हाडाड जेभों, र तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खांण र उपप्रमुख जागेश्वरीदेवी चौधरीले शिलान्यास गरेका थिए । उक्त डिडक निर्माण सम्झौता २०७९ भदौ २३ गते देखि सुरु भएको भएको थियो ।
सडकको चौडाइ १३ मिटर सम्म हुनेछ । नाली माथि २।७५ मिटर फुटपाथ हुनेछ । १२ वटा बक्स र १५ वटा पाइपका कल्भर्टहरू निर्माण हुने छन् । जुन सडक निर्माण कामको अहिले ७० प्रतिशत काम पुरा भएको छ ।

