ताजा अपडेट

असक्त युवालाई लक्ष्मणघाटका युवाहरुद्धारा क्रिकेट प्रतियोगिताबाट संकलित ७० हजार सहयोग

होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुको दोस्रो अधिवेशन भोलि कात्तिक २७ गते हुने

एमाले कपिलवस्तुले बाणगंगामा कात्तिक २९ गते शक्ति प्रदर्शन सहित बिशाल जनसभा गर्ने

सनलाईट स्कुलमा मंसिर ५ र ६ गते वृहत १० औं ‘एस.क्यु.सी.’ (विद्यार्थी गुणीय चक्र) सम्मेलन हुंदै

बुद्धभूमि मेला स्थगनको माग गर्दै होटल व्यवसायी संघको ज्ञापनपत्र

दुई मोटरसाइकल ठोक्किँदा कोपवामा कार्यरत प्रहरी हवल्दारको मृत्यु

नेता मोहम्मद अफताब आलमको मृत्यु

युवाको हातमा सुनौलो बिहानी’ नारासहित बुद्धरंगशालामा मंसिर १८ देखि कपिलवस्तु महोत्सव सुरू हुने

बाणगंगामा मंसिर ५ देखि १७ गते सम्म ‘प्रथम कपिलवस्तु महोत्सव–२०८२’ सञ्चालन हुने

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

स्काईलार्क बोर्डिङ्ग स्कुलको २७ औं वार्षिक उत्सवः पुरस्कार वितरण संगै विद्यार्थीको प्रतिभा प्रस्फुटन

Lumbini Darpan 2 २०८१ जेष्ठ ६, आईतवार ११:४१
[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु

स्काईलार्क ईङ्गलिीश बोर्डिङ्ग स्कुलले २७ औं वार्षिक उत्सव तथा पुरस्कार वितरण समारोह भव्यताका साथ सम्पन्न गरेको छ । अतिरिक्त क्रियाकलापसंगै अध्यापनमा समेत उत्कृष्ट कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ११ ओदारीमा अवस्थित यस स्काईलार्क ईङ्गलिश बोर्डिङ्ग स्कुलले प्रागंणका एक कार्यक्रमको आयोजना गरि २७ औं वार्षिक उत्सव तथा पुरस्कार वितरण समारोह सम्पन्न गरेको हो ।

दिनभर वालवालिकाहरुका प्रस्तुती हेर्दा कार्यक्रमका प्रमुख अतिथि, अतिथि तथा अभिभावकहरु दंग परेका थिए । आ आफ्ना वालवालिकाहरुले प्रतिभा देखाउदा खुसीले गदगद हुंदै अभिभावकहरुले तस्बिर खिचिरहेका थिए । यता विद्यार्थीहरुले विभिन्न पोसाकमा सजिएर नृत्य, गीत, लगायत दिनैभरी प्रस्तुत गरिरहेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले कपिलवस्तुको शिक्षाको विकासका लागि नीजि विद्यालयको अहम भुमिका रहेको बताउनुभयो । उहाँले सरकारले सामुदायिक संगै नीजि विद्यालयलाई समान रुपले हेर्नुपर्नेमा जोड दिनुभयो । स्काईलार्क स्कुलले वालवालिकाहरुको शैक्षिकसंगै चौतर्फी विकासमा जोड दिंदै आएको बताउनुभयो ।

कार्यक्रममा विभिन्न खेलकुद प्रतियोगितामा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण समेत गरिएको थियो भने अन्य विधाका विभिन्न पुरस्कार समेत प्रदान गरिएको थियो । पढाईसंगसंगै विद्यार्थीहरुको शारिरीक, मानसिक तथा संवेगात्मक पक्षको विकास गरि उनीहरुको हौसला वृद्धि गर्नका लागि पुरस्कार वितरण गरिएको स्कुलका प्रिन्सिपल तोलाकान्त डुम्रेले बताउनुभयो ।

त्यस्तै कार्यक्रमका विशिष्ठ अतिथि प्याब्सन कपिलवस्तुका अध्यक्ष सुन्दर पाण्डेले स्काईलार्क ईङ्गलीश बोर्डिङ्ग स्कुल जिल्ला, प्रदेशमा मात्र नभई राष्ट्रमै आफ्नो स्थान बनाउन सफल भएको बताउनुभयो । अध्यक्ष पाण्डेले अतिरिक्त क्रियाकलाप मात्र नभई अध्यापनमा समेत अगाडि रहेको तथ्यांकले देखाएको भन्दै स्काईलार्क उत्कृष्ट शैक्षिक संस्था रहेको दावि गर्नुभयो । उहाँले विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्दै पुरस्कार वालवालिकाहरुको जिवन्त जिवित रहने भन्दै थप हौसला बढ्ने बताउनुभयो ।

अभिभावक गेलईराम गुप्तासंगै अन्य अभिभावकले स्काईलार्क ईङ्गलीश बोर्डिङ्ग स्कुलको गुणस्तरीय शैक्षिक क्रियाकलापले शैक्षिक स्तरमा टेवा पुगेको बताउनुभयो ।

स्कुलका प्रिन्सिपल तोलाकान्त डुम्रेले कार्यक्रम भव्य र सभ्य रुपमा सम्पन्न गर्नका लागि सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद व्यक्त गर्दै विद्यार्थीहरुको भविष्य समुज्जवल बनाउनका लागि कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । डुम्रेले प्रत्येक क्रियाकलापमा हरेक वालवालिकाहरुलाई सहभागी गराई अगाडि बढ्दै आएकाले विद्यार्थीहरुको क्षमता पनि विकास हुंदै गएको भन्दै उनीहरुको ईच्छा रुची अनुुसार अभिभावहरुले पनि भुमिका खेल्न आग्रह गर्नुभयो ।

राष्ट्रिय अनुस्न्धान कार्यालय कपिलवस्तुका प्रमुख बिक्रम खनाल, प्याब्सन केन्द्रिय सदस्य शिव गैरे, बाणगंगा नगर समिति अध्यक्ष सुरेन्द्र पाण्डेको विशिष्ठ आतिथ्यता, अभिभावक, शिक्षक, कर्मचारी, विद्यार्थीहरुको उपस्थिती रहेको कार्यक्रम विद्यालयका सञ्चालक यशोधा खत्रीको स्वागत उद्घोषक शिक्षक हरि आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रशिक्षक तथा पर्याप्त खेलमैदान सहित खेलकुदको समुचित व्यवस्था, वाल तथा अपांगतामैत्री, विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई छुट तथा निःशुल्क अध्यापन सहित हजारौ विद्यार्थीहरुको भविष्य समुज्जवल बनाउन लागिरहेको छ स्काईलार्क ईङ्गलीश बोर्डिङ्ग स्कुल ।

 


प्रकाशित : २०८१ जेष्ठ ६, आईतवार ११:४१

Lumbini Darpan 2

लेखकबाट थप

  • असक्त युवालाई लक्ष्मणघाटका युवाहरुद्धारा क्रिकेट प्रतियोगिताबाट संकलित ७० हजार सहयोग
  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुको दोस्रो अधिवेशन भोलि कात्तिक २७ गते हुने
  • एमाले कपिलवस्तुले बाणगंगामा कात्तिक २९ गते शक्ति प्रदर्शन सहित बिशाल जनसभा गर्ने
  • सनलाईट स्कुलमा मंसिर ५ र ६ गते वृहत १० औं ‘एस.क्यु.सी.’ (विद्यार्थी गुणीय चक्र) सम्मेलन हुंदै
  • बाणगंगामा मंसिर ५ देखि १७ गते सम्म ‘प्रथम कपिलवस्तु महोत्सव–२०८२’ सञ्चालन हुने
प्रतिक्रिया

यो पनि पढौँ

एमाले कपिलवस्तुले बाणगंगामा कात्तिक २९ गते शक्ति प्रदर्शन सहित बिशाल जनसभा गर्ने

सनलाईट स्कुलमा मंसिर ५ र ६ गते वृहत १० औं ‘एस.क्यु.सी.’ (विद्यार्थी गुणीय चक्र) सम्मेलन हुंदै

बुद्धभूमि मेला स्थगनको माग गर्दै होटल व्यवसायी संघको ज्ञापनपत्र

दुई मोटरसाइकल ठोक्किँदा कोपवामा कार्यरत प्रहरी हवल्दारको मृत्यु

नेता मोहम्मद अफताब आलमको मृत्यु

युवाको हातमा सुनौलो बिहानी’ नारासहित बुद्धरंगशालामा मंसिर १८ देखि कपिलवस्तु महोत्सव सुरू हुने

बाणगंगामा मंसिर ५ देखि १७ गते सम्म ‘प्रथम कपिलवस्तु महोत्सव–२०८२’ सञ्चालन हुने

कपिलवस्तुमा चक्रवात मोन्थाको असर: धानबालीमा ठूलो क्षति, किसानहरू पिडित

पिपरा कोठी वनमा झलक बहादुर कार्कीको नेतृत्वमा उम्मेद्वारी दर्ता, यस्ता छन् प्रतिवद्धता

कपिलवस्तुको बनकसवासामा बस दुर्घटना : पैदलयात्रुको मृत्यु, पाँच जना घाइते

मैत्रीपूर्ण खेलमा नेपालले भारतलाई पेनाल्टी सुटआउटमा हरायो

बाणगंगा वेलफेयर सोसाइटीद्वारा एकादशीको अवसरमा देउसी–भैलो सांस्कृतिक कार्यक्रम गर्ने

भर्खरै

  • असक्त युवालाई लक्ष्मणघाटका युवाहरुद्धारा क्रिकेट प्रतियोगिताबाट संकलित ७० हजार सहयोग

  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुको दोस्रो अधिवेशन भोलि कात्तिक २७ गते हुने

  • एमाले कपिलवस्तुले बाणगंगामा कात्तिक २९ गते शक्ति प्रदर्शन सहित बिशाल जनसभा गर्ने

  • सनलाईट स्कुलमा मंसिर ५ र ६ गते वृहत १० औं ‘एस.क्यु.सी.’ (विद्यार्थी गुणीय चक्र) सम्मेलन हुंदै

  • बुद्धभूमि मेला स्थगनको माग गर्दै होटल व्यवसायी संघको ज्ञापनपत्र

  • दुई मोटरसाइकल ठोक्किँदा कोपवामा कार्यरत प्रहरी हवल्दारको मृत्यु

  • नेता मोहम्मद अफताब आलमको मृत्यु

  • युवाको हातमा सुनौलो बिहानी’ नारासहित बुद्धरंगशालामा मंसिर १८ देखि कपिलवस्तु महोत्सव सुरू हुने

  • बाणगंगामा मंसिर ५ देखि १७ गते सम्म ‘प्रथम कपिलवस्तु महोत्सव–२०८२’ सञ्चालन हुने

  • बाणगंगा २ युवाहरुले गरे विरामी र विपन्न परिवारलाई सहयोग


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech