राजमो नेता खत्रीको निधन, पार्टीलाई अतुलनीय क्षेती भएको ठहर

[sharethis-inline-buttons]

लुदस,बनगाई

राष्ट्रिय जनमोर्चाका पूर्व जिल्ला सदस्य हुमबहादुर खत्रीको निधन भएको छ ।
बाणगंगा ७ मोतिपुर निवासी खत्रीको पार्थिव शरिरमा पार्टीको झण्डा ओढाएर अन्तेष्टि गरिएको हो ।  लामो समयदेखि सुगर ,मधुमेह रोगबाट ग्रसित हुनुभएको खत्रीको पछिल्लो दुवै मृगौला फेल भएपछी उहाँकी धर्मपत्नी गंगादेवि खत्रीले मृगौला प्रत्यारोपण गर्नुभएको थियो ।

अर्घाखाँचीको भुमिकास्थान वडा नं ८ लम्चीमा जन्मेका खत्री २०१६ सालमा पिता रेशम बहादुर खत्री र आमा कमलादेविको कोखबाट जन्मलिई २०५६ सालदेखि कपिलवस्तुको मोतिपुरमा बसाईसराई गरेको बताईएको छ । खत्रीको पार्थिव शरिरमा राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष राम प्रसाद बेल्वासेले झण्डा ओढाएर श्रद्धान्जली व्यक्त गर्नुभएको थियो ।

नेता खत्री लामो समयदेखि राष्ट्रिय जनमोर्चाको जिल्लातहमा रहेर सामाजिक क्षेत्रमा सकृय हुदै आएको र उहाँको निधनले पार्टी र समाजलाई अतुलनिय क्षेत्री पुगेको अध्यक्ष बेल्वासेले बताउनुभयो । राजनीति गरेपनि बौद्धिक नेताको छवि बनाएका खत्रीलाई अन्य राजनीतिक दर्शन अबलम्बन गर्नेहरुले पनि उत्तिकै सम्मान गर्छन् ।

नेपालका सबैजसो राजनीतिक आन्दोलनलाई नजिकबाट नियालेका खत्रीको निधनले मुलुकले अपुरणीय क्षति व्योहोरेको राष्टिय जनमोर्चाका नेताहरुले बताएका छन् । पार्टी अध्यक्ष बेल्वासे ले शोक मन्तव्य व्यक्त गर्दै श्रद्धाञ्जली र परिवारजनमा शोक व्यक्त् गर्नुभएको हो ।

गत शनिवार खत्रीको निधन भएपनी आज मात्र लक्ष्मणघाटमा अन्तेष्टि भएको हो . उनका २ भाई छोराहरु नै विदेशमा भएपछी शव २ दिन अस्पतालको शवगृहमा राखिएको थियो । जेठा छोरा सुर्य केसी अमेरिकाबाट आज आएपछी अन्तेष्टि गरिएको हो उहाँका कान्छा छोरा क्यानडामा रहेका छन् ।


प्रकाशित : २०८१ जेष्ठ ७, सोमबार १९:४७