बाणगंगामा ८० प्रतिशत बढी छाडा पशुचौपाया व्यवस्थापन भएको नगरको दावि

[sharethis-inline-buttons]

लुदस, बाणगंगा
कपिलवस्तुको बाणगंगा नगरपालिका छाडा पशुचौपया व्यवस्थापनमा लागि परेको छ । छाडा चौपयाको व्यवस्थापन गर्न नसक्दाँ चौतर्फी आलोचना खेपेको यस नगरपालिकाले छोटो समयमै करिव ८० प्रतिशत भन्दा बढी छाडा पशुचौपाया व्यवस्थापनमा सफलता हासिल गरेको हो । छाडा पशुचौपया नियन्त्रण तथा व्यवस्थापन समितिका संयोजक विष्णु प्रसाद पौडेलले नगरभित्र रहेका ८० प्रतिशत भन्दा धेरै छाडा चौपयाको व्यवस्थापन गरिसकिएको बताउनुभयो । उहाँले कोठी खोला र बैजलपुर सामुदायिक वन क्षेत्र भित्र मात्रै ५ सय भन्दा बढी पशुचौपयालाई व्यवस्थापन गरिएको बताउनुभयो ।

यस्तै चौवाह, कपिलधाम, भलवाड र रामदत्तीवन क्षेत्रमा गरि सयौंको संख्यामा पशुचौपया व्यवस्थापन गरेको उहाँले बताउनुभयो । अहिले छाडा चौपयाको व्यवस्थापनसंगै नगरवासीले धेरै नै राहत महसुस गरेको उहाँले बताउनुभयो । उहाँले मुख्यतः कृषकले लगाएका बालीहरु सखाप हुने स्थितिको अन्त्य भएको बताए । विगतको तुलनामा हाल सवारी दुर्घटना हुने दरमा समेत कमी आएको उहाँको भनाई छ । उहाँले बाटोबाटोमा हुल बनाएर दर्जनौं गाईगोरु छरिएर हिड्ने अवस्थाको अन्त्य भएको बताउनुभयो ।

नगरपालिकाका प्रवक्ता समेत रहनुभएका पौडेलले पछिल्ला दिनहरुमा जनस्तरबाट छाडा चौपयाको व्यवस्थापनका लागी पराल, भुस, चापट जस्ता पशुका लागी आवश्यक खाद्यान्न सहयोग अवरुप प्राप्त भएको बताउनुभयो । उहाँले छाडा पशुचौपयाको समस्या सबैको साँझा समस्या भएकाले सबैको साँझा प्रसासबाट मात्र सम्झव भएको बताउनुभयो । पौडेलले छाडा चौपयाको व्यवस्थापनमा अहोरात्र खटिएर सफलता हासिल गरेको भन्दै सामाजिक संजाल लगायतमा चौतर्फी प्रशंसा पाउनुभएको छ । पौडेल दैनिक २/३ पटक सो क्षेत्रमा पुग्ने गर्नुभएको छ ।

यस्तै छाडाचौपयाको व्यवस्थापनको अनुगमनका लागी नगरप्रमुख चक्रपाणी अर्याल र उपप्रमुख रिता कुमारी चौधरी साप्ताहिक रुपमा २/३ पटक व्यवस्थापन क्षेत्रमा पुग्ने गर्नुभएको छ ।

नगर प्रमुख चक्रपाणी अर्यालले नगरवासीलाई अनुभूति हुने गरि छाडा पशुचौपया व्यवस्थापन गरिएको बताउनुभयो । उहाँले यस क्षेत्रको मुख्य समस्याको रुपमा रहेको छाडापशुचौपयालाई नगरले अल्पकालीन व्यवस्थापन गरेको भन्दै यसलाई दिर्घकालीन तवरले समाधानतर्फ नगर उन्मुख रहेको बताउनुभयो । उहाँले छाडापशुचौपयाको व्यवस्थापनलाई सहज बनाउन सबैको सहयोग आवश्यक रहेको बताउनुभयो ।

उपप्रमुख रिता कुमारी चौधरीले बाणगंगाले स्थानीय स्तरमै उपलब्ध स्रोत साधानको सदुपयोग गरि छाडा पशुचौपया व्यवस्थापन गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्न सफल भएको बताउनुभयो । उहाँले तराईका हरेक जसो स्थानीय तहको मूल समस्याको रुपमा रहदै आएको बताउनुभयो । उहाँले यो समस्याको अब बाणगंगाले दिर्घकालीन समाधान गरेर देखाउने दाबी गर्नुभयो ।

प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनीले छाडा पशुचौपया व्यवस्थापन आफैंमा चुनौतिको विषय भएको भन्दै सबैको सहयोगले मात्र यसको व्यवस्थापकिय पक्ष सुदृढ हुने बताउनुभयो ।

 


प्रकाशित : २०८१ जेष्ठ ८, मंगलवार १३:३०