ब्राइट लुम्बिनीको फेरी उत्कृष्ट नतिजाः कोरीयन तथा जापनिज भाषा उतीर्ण विद्याथीलाई सम्मान

[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
लुम्बिनी प्रदेशकै सर्वोत्कृष्ट, हजारौ विद्यार्थीहरुको रोजाई बन्न सफल कपिलवस्तुको चार नम्बर जितपुरमा रहेको ब्राइट लुम्बिनी इन्टरनेशनल एजुकेशनले कोरियन र जापनीज भाषा पास गरेका विद्यार्थीहरुलाई बिदाइ तथा सम्मान गरेको छ । सन् २०२४ मा इ.पि.स. कोरियन भाषा उत्पादन मुलक क्षेत्रमा उतीर्ण २३ जना र जुलाई ईन्टेक २०२४ मा जापानीज भाषा पास गरि सिओई उतीर्ण ९ जना विद्यार्थीहरुलाई राजापानीमा रहेको होटल थ्री.एस.एक कार्यक्रमको बिच बिदाइ तथा सम्मान गरिएको हो ।

विद्यार्थीहरुलाई हार्दिक बधाई तथा सफलताको शुभकामना व्यक्त गर्दै मायाको चिनो सहित विदाई गरिएको संस्थाका प्रवन्ध निर्देशक असिम कंडेल क्षेत्रीले बताउनुभयो । प्रवन्ध निर्देशक क्षेत्रीले ब्राइट लुम्बिनी इन्टरनेसनल एजुकेशनलाई नितान्त विद्यार्थीको रुचि र चाहाना अनुसार अगाडि बढाएको भन्दै त्यसलाइ निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । पहिला गजेहडा बाट सेवा दिइरहेको लुम्बिनी लर्निङलाई चार नम्बरमा ल्याएर संचालन गरेको स्मरण गर्दै अब यस सेन्टरलाइ अझ सुविधा युक्त बनाएर लैजाने बताउनु भएको थियो । उच्च शिक्षा सङ्गै कमाएको केहि पैसाले पछि स्वदेशमै आएर देशको लागि केहि गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि राष्ट्रिय संगीतकर्मी संघ लुम्बिनी प्रदेश अध्यक्ष पुर्ण चन्द्र परियारले भाषा पास गरेका विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिदै भविष्यमा देशमै आएर देश विकासमा सहयोग गर्न आग्रह गर्नुभयो । संस्थाले हजारौ विद्यार्थिको भविस्य निमार्णमा सहयोग गर्दै आएको भन्दै आगमी दिनमा अझ शत प्रतिसत नजिता ल्याउन सफल हुनेमा विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा विदाई तथा सम्मानित भएका विद्यार्थीहरुले आफुहरुको सपना पुरा गरेको भन्दै ब्राइट लुम्बिनी इन्टरनेशनल एजुकेशन (लुम्बिनी लर्निङ्ग सेन्टर) लाई संयुक्त रुपमा मायाको चिनो प्रदान गरेका थिए ।


त्यस्तै कोरियन भाषा विभाग प्रमुख महेश आचार्य, जापनीज भाषा विभाग प्रमुख सुमन थापा क्षेत्री, जापनीज भाषा प्रशिक्षक गणेश खनाल लगाएतले उच्च शिक्षाको लागि जान लागेका विद्यार्थीहरुलाई जाँदा र गैसकेपछि देशको नियम कानुन अनुसारको व्यवहार गर्न सचेत गराउनुभएको थियो ।

कार्यक्रममा पत्रकार पिताम्बर घिमिरे, सिता बेल्बासे, पशुपति गिरी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

भाष पास गरेका विद्यार्थी, सञ्चारकर्मी, संस्थाका प्रशिक्षक, कर्मचारी लगायतको उपस्थिती रहेको कार्यक्रम पत्रकार हरि आचार्यको सञ्चालनमा सम्पन्न भएको हो ।


प्रकाशित : २०८१ जेष्ठ २२, मंगलवार ०९:५६